Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

दुई सय वेबसाइट ह्याक गर्ने १८ वर्षे युवा पक्राउ

काठमाडौं– नेपाल सरकार, गैरसकारी संस्था एवं शिक्षण संस्थाका २ सयभन्दा बढी वेबसाइट ह्याक गर्ने कार्यमा संलग्न भएको अारोपमा प्रहरीले विकास पौडेललाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर अपराध महाशाखाको टोलीले पौडेललाई राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय समेतका कार्यालयको वेब साइट ह्याक भएको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा पक्राउ गरेको हो। १८ वर्षीय विद्यार्थी पौडेल तनहुको बन्दिपुरका स्थायी बासिन्दा हुन्। काठमाडौंमा उनी बालाजु हाइट बस्दै आएका थिए।

प्रहरी अनुसन्धानबाट ती वेबसाइटहरु Anonymous #Opnep ले ह्याक गरेको देखिएको थियो। अनुसन्धानले सो नाम र ह्यास ट्याग राखेर पौडेलले सरकारी कार्यलय तथा संघसंस्थाहरुको वेबसाइट ह्याक गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले तीन दिनअघि उनलाई सोह्रखुट्टेबाट पक्राउ गरेको उल्लेख गरेको हो। प्रहरीसँगको प्रारम्भिक बयानमा उनले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध विकास संस्थानको साइट ह्याक गरेको स्वीकारेका छन्।

नेपाल टेलिकमका केही प्रयोगकर्ताको विवरण सिम वितरण गर्ने फर्मबाट गैरकानुनी रुपमा कब्जा गर्ने कार्यमा पनि पौडेल संलग्न रहेको प्रहरीले जनाएको छ। केही समयअघि नेपाल टेलिकमको सर्भर ह्याक भएको हल्ला फिँजाइएको थियो। ह्याकर समूह Anonymous #Opnep ले नेपाल टेलिकमका सिम वितरण गर्ने पसलको फर्मबाट ग्राहक विवरण लिक भएको खुलेको थियो। सोही विषयलाई केही मिडियाहरुले टेलिकमको सर्भर ह्याक भएको भनेर भनेका थिए।

पौडलमाथि महानगरीय अपराध महाशाखा साइबर अपराध पिलरले अनुसन्धान गरिरहेको छ। 'अनुसन्धान जारी छ। दोषी ठहरिए ३ वर्ष कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै हुनसक्ने कानुनी प्रावधान छ', साइबर अपराध पिलर प्रमुख इन्स्पेक्टर पशुपति रायले नागरिकन्युजसँग भने।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget