
एन्ड्रोइड तथा विण्डोजमा वाईफाईका पासवर्ड खोज्न सारै सजिलो छ ।
घरको वाईफाईको पासवर्ड यदि तपाईले भुल्नुभयो भने पनि त्यसलाई पत्ता लगाउन त्यति गाह्रो छैन् । एन्ड्रोइड स्माटफोन तथा ट्यावलेटको प्रयोगबाट तपाईले बिर्सिएको वाईफाईको पासवर्ड पत्ता लगाउन सक्नुहुनेछ ।
तपाईको मोवाईल ‘रुटेट’ गरिसकेको छ भने पासवर्ड रिकभर गर्न सजिलो छ ।
गुगल प्ले स्टोरमा गएर वाईफाई रिकवर नाम गरेको एप डाउनलोड गर्नुहोस अनि तपाईको स्मार्टफोनमा इन्स्टल गर्नुहोस ।
इन्स्टल गर्दाको समयमा यस एपले तपाईको सुपर युजर एक्सेस माग्ने गर्दछ ।
जब तपाईले उक्त अनुमति दिनुहन्छ । तब यो एपले सबै वाईफाईको लिस्ट देखाउनेछ, जुन तपाईंको स्मार्टफोनमा कनेक्ट गरेको थियो । त्यसका साथै त्यस वाईफाईको पासवर्ड पनि देखाउनेछ ।

घरको ल्यापटप वा डेस्कटप कम्प्यूटरको मद्दतले पासवर्ड खोज्न चाहनु भयो भने पनि त्यति गाह्रो छैन् ।
तपाईंको विण्डोज कम्प्यूटरको स्टार्टमा क्लिक गर्नुहोस । ‘न्यू नेटवर्क कनेक्शन’मा जानुहोस र त्यहाँ क्लिक गर्नुहोस् । तपाईको वाईफाई लेखेको चिन्हमा राईट क्लिक गर्नुहोस त्यसपछि पपअप हुन्छ । त्यसमा स्टेटस छान्नुहोस् ।
त्यसपछि ‘वायरलेस प्रपर्टीज’मा तपाईंले जब क्लिक गर्नुहुन्छ त्यसपछि ‘सेक्यूरिटी’ को भाग पाउनुहुनेछ । ‘सो क्यारेक्टर’ लेखिएको बक्स देखिएपछि त्यसमा क्लिक गर्नुहोस । अब तपाईंले आफ्नो वाईफाईको पासवर्ड पाउनुहुनेछ । बीबीसी
Post a Comment