
शिकागोमा रिपव्लिकनले आयोजना गरेको डोनल्ड ट्रपको र्याली रद्द गरेसँगै ओबामाको यस्तो भनाइ सार्वजनिक भएको हो । ओबामाले उम्मेदवारका दावेदार अन्य अमेरिकीको अपमान नगर्न र उनीहरुप्रति हिंश्रक नबन्न ओबामाले आग्रह गरेका हुन् ।
शिकागोमा डोनाल्ड ट्रपको समर्थन र बिरोधमा भएको र्यालीमा झडप भएपछि उनले र्याली रद्द गरेका थिए । ट्रंपका विरोधीले उनी विरुद्ध उत्तेजक नाराबाजी गरेको आरोप लागेको छ ।
ओबामले शनिबार डलासमा डेमोक्रेटिक पार्टीको लागि चन्दा संकलन कार्यक्रममा चुनावी दावेदारलाई यस्तो चेतावनी दिएका हुन् । उनले उम्मेदवारलाई धर्म, जातका आधारमा विभाजित नहुन आग्रह गरेका छन् ।
आफ्नो चुनावी दौडमा ट्रंपले आप्रवासी विरोधी भाषण गरेका थिए भने उनले मेक्सिको सीमामा पर्खाल लगाउनु पर्ने उल्लेख गरेका थिए ।
Post a Comment