Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सदस्यसम्मै प्यानल

काठमाडौँ, फाल्गुन २२ गते  । कांग्रेस संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष दुवैले निर्वाचित सबै सिटमा प्यानल खडा गर्ने तयारी थालेका छन्।

04032016041400photoANG_7170-1000x0

महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले भने आवश्यकता हेरी प्यानल बनाउने भएको छ।

तीनै पक्षले यसअघि पदाधिकारीको प्यानल मात्रै औपचारिक रूपमा घोषणा गरेका थिए। तीन पक्षमध्ये संस्थापनबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल र देउवा पक्षले सबै सदस्यहरूमा प्यानल बनाउने कसरत थालेका हुन्। सभापति, महामन्त्री, कोषाध्यक्ष र ६१ केन्द्रीय सदस्यका लागि हुने निर्वाचनमा ३ सय ७५ को मनोनयन परेको छ।

केन्द्रीय सदस्यका लागि आकांक्षीहरूको भीड बढेपछि दुवै पक्षलाई प्यानल बनाउन हम्मे–हम्मे परेको छ। सिटौलाले दुई पक्षको प्यानलमा नपर्नेहरूलाई आफ्नो प्यानलमा राख्ने प्रयास थालेका छन्। ‘आवश्यक को–को हुन् भन्नेबारे छलफल गरिरहेका छौं, शनिबार बिहानसम्म ल्याउन पर्नेहरूलाई प्यानलमा राखिन्छ,’ सिटौलाले कान्तिपुरसँग भने।

देउवा पक्षले शुक्रबारै प्यानल करिब टुंगो लगाएको छ। त्यसलाई अन्तिम रूप दिन देउवा पक्षको बैठक शनिबार बिहान बस्ने एक केन्द्रीय सदस्यले बताए। देउवा पक्षीय एक नेताका अनुसार प्रदेश नम्बर ७, आदिवासी जनजाति र खुला २५ तर्फ केही व्यक्तिको अन्तिम टुंगो लाग्न बाँकी छ। संस्थापन पक्षको शुक्रबार छलफल भए पनि टुंगो लागेको छैन।

२५ खुला सदस्यमा केन्द्रीय सदस्यलाई पुन: उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ। केही सांसद, पूर्वजिल्ला सभापतिमध्येबाट उम्मेदवार तय गरिने संस्थापन पक्षका एक नेताले बताए।

‘हामी संस्थापन पक्षकै अर्को टिमलाई अझै मिलाउन सकिन्छ भनेर गृहकार्य गरिरहेका कारण पनि प्यानलको टुंगो लाग्न नसकेको हो,’ एक केन्द्रीय सदस्यले भने, ‘उम्मेदवारी फिर्ता गर्ने समयसम्म प्यानल बनाउन सकिन्छ।’

प्यानल बनाउँदा नपर्नेहरूले नकारात्मक प्रभाव पार्न सक्ने भयले दुवै पक्ष सदस्यहरूको प्यानल औपचारिक रूपमा सार्वजनिक भने नगर्ने भएका छन्। कार्यवाहक सभापति रामचन्द्र पौडेलले संस्थापन पक्षलाई एक बनाउने कसरत अझै भइरहेको बताए।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार सभापति, महामन्त्री, कोषाध्यक्ष र सदस्यसमेतमा गरी ३ सय ७५ जनाको उम्मेदवारी परेको छ। पदाधिकारीबाहेक ६१ केन्द्रीय सदस्यका लागि ३ सय ६५ को उम्मेदवारी छ।

सभापतिका लागि संस्थापन पक्षका दुवै प्यानलको उम्मेदवारी शुक्रबार बिहान परेको थियो। कार्यवाहक सभापति पौडेलले बिहान ९ बजे उम्मेदवारी दर्ता गराएका थिए। त्यसको साढे दुई घण्टापछि महामन्त्री सिटौलाको उम्मेदवारी परेको थियो।

देउवा प्यानलका तर्फबाट देउवा र कोषाध्यक्ष चित्रलेखाको उम्मेदवारी बिहीबार र महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीले शुक्रबार मनोनयन दर्ता गरेका थिए। पौडेल प्यानलबाट महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादवको उम्मेदवारी परेको छ। देउवा र पौडेल प्यानलका कोषाध्यक्ष उम्मेदवार दुवै सिरहाका हुन्।

सीतादेवी केही समयअघिबाट मात्रै देउवा पक्ष छाडेर संस्थापनमा आएकी हुन्। संस्थापन पक्षबाटै कोषाध्यक्षको चर्चामा रहेका फरमुल्ला मन्सुर भने असन्तुष्टि जनाउँदै शुक्रबार बिहान देउवा पक्षमा पुगेका छन्।

उनले देउवा पक्षको प्यानलमा मुस्लिम कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। कोषाध्यक्षमै स्वतन्त्रबाट कृष्ण कार्कीले उम्मेदवारी दिएका छन्। उनी कास्कीबाट महासमिति सदस्य हुन्।

सिटौला प्यानलमा महामन्त्री गगन थापा र कोषाध्यक्ष उमाकान्त चौधरीको उम्मेदवारी परेको छ। खुला २५ सिटमा ९४ जनाको उम्मेदवारी परेको छ। १२ औं महाधिवेशनमा ९९ जनाको उम्मेदवारी परेको थियो। १२ औं महाधिवेशनमै उम्मेदवारी दिएका अधिकांशले यस पटक पनि उम्मेदवारी दिएका छन्।

केन्द्रीय सदस्य हुनेहरू अधिकांशको उम्मेदवारी परेको छ। खुला २५ मा महिलाबाट सुजाता कोइराला र महालक्ष्मी उपाध्याय ‘डिना’ को मात्रै उम्मेदवारी परेको छ। डिना यसअघि महिला आरक्षण कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्।

केन्द्रीय कार्यसमितिका सदस्यमध्ये नरहरि आचार्य, श्याम घिमिरे, केशवकुमार बुढाथोकी, किशोरसिंह राठौरसहित केहीले उम्मेदवारी दिएका छैनन्। आचार्य बिरामी भएर अस्पतालमा रहेकाले उम्मेदवारी नदिएका हुन्।

सबभन्दा बढी प्रतिस्पर्धा आदिवासी जनजातिअन्तर्गतको खुला समावेशी कोटामा छ। आदिवासी जनजातिको आरक्षण खुलातर्फ ३ पदका लागि ५० जनाको उम्मेदवारी परेको छ। यसलाई नेताहरूले आश्चर्य मानेका छन्।

नेताहरूले नेतृत्वमा आउन चाहने आदिवासी जनजातिहरूको यो संख्याले फडको मारेको प्रतिक्रिया दिएका छन्। प्यालनमा क–कसलाई राख्ने भन्ने विवाद पनि आदिवासी जनजातिमै सबभन्दा बढी छ। आदिवासी जनजातिको महिला २ पदका लागि पनि १४ जनाको उम्मेदवारी छ।

सबभन्दा कम उम्मेदवार दलित महिला आरक्षणमा परेको छ। दुई पदका लागि ६ जनाको मात्रै उम्मेदवारी परेको हो। तर खुला ३ पदको दलित आरक्षणमा भने २१ जनाको उम्मेदवारी छ। प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई/दुई केन्द्रीय सदस्य गरी १४ पदका लागि १ सय २ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेशबाट निर्वाचित हुने सदस्यहरूबीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ। त्यस्तै महिला आरक्षणको ६ सदस्य पदका लागि ४० जनाको उम्मेदवारी परेको छ। मधेसी आरक्षण खुलातर्फ ३ पदका लागि १८ र महिला मधेसी आरक्षणको २ पदका लागि १० जनाको उम्मेदवारी परेको छ। मुस्लिम आरक्षणको एक पदका लागि पनि १० जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका सदस्य घिमिरेका अनुसार शनिबार बिहान ९ देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छुट्याइएको छ। अन्तिम नामावली ११ बजेपछि सार्वजनिक हुनेछ। उम्मेदवारी फिर्ता गर्नुअघिसम्म दुवै पक्ष आ–आफ्नो प्यानल बनाउने कसरतमा जुटेको छ। प्यानलमा नपर्नेहरूलाई फिर्ता गराउन नेताहरूले कसरत थाल्ने भएका छन्।

देउवा पक्षले खुला २५ मा विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, प्रकाशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, बालकृष्ण खाँड, खुमबहादुर खड्का, गोविन्दराज जोशी, तारानाथ रानाभाट, लक्ष्मण घिमिरे, चिरञ्जीवी वाग्ले, पूर्णबहादुर खड्का, एनपी सावद, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, डिना उपाध्याय, रामहरि खतिवडा, प्रदीप गिरी, मनमोहन भट्टराई, ध्रुव वाग्लेलगायतलाई प्यानलमा राख्ने तय भएको स्रोतले बतायो।

प्रदेश नम्बर १ बाट अमृत अर्याल र भीष्मराज आङदम्बे, २ बाट रमेश रिजाल र हरेश महतो, ३ नम्बरबाट मोहन बस्नेत, ध्यानगोविन्द रञ्जित वा लोकश ढकाल, ४ बाट सुरेन्द्र पाण्डे र अर्जुन जोशी, ५ बाट भरत साह र देवेन्द्र कँडेल, ६ बाट जीवनबहादुर शाही र गोपालजीजंग साह छन्। प्रदेश ७ बाट वीरबहादुर बलायर र अर्को एकजनाको निर्णय हुन बाँकी रहेको स्रोतले बतायो।

समावेशी कोटाअन्तर्गत मुस्लिमबाट फरमुल्ला मन्सुर, मधेसी खुला पुरुष ३ का लागि महेन्द्र यादव, अजय चौरासिया र वीरेन्द्र कनौडिया, महिला मधेसीबाट पार्वती डिसी चौधरी, मीनाक्षी झा छन्। महिला ६ पदका लागि अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, डिला संग्रौला, पुष्पा भुसाल, उमा अधिकारीको टुंगो लागेको छ।

महिलामा एक जना टुंग्याउन बाँकी छ। दलित खुला ३ मा मानबहादुर विश्वकर्मा र मीन विश्वकर्माको टुंगो लागेको छ। एक जना टुंग्याउन बाँकी छ। दलित महिलामा सुजाता परियार र लक्ष्मी परियारको नाम टुंगो लागेको छ। त्यस्तै आदिवासी जनजातितर्फ धेरैको उम्मेदवारी परेकाले टुंगिन सकेको छैन। उम्मेदवार फिर्ता लिने समय अघिसम्म टुंगोमा पुग्ने देउवा पक्षीय एक नेताले बताए।

संस्थापन पक्षमा भने शुक्रबार रातिसम्म कुनै टुंगो लागेको छैन। खुला २५ मा केन्द्रीय सदस्यहरू रहेका, केही युवा र नयाँ अनुहारलाई ठाउँ दिनुपर्ने दबाब परेको छ। सबै पदको निर्वाचन आइतबार बिहान ८ देखि ४ बजेसम्म राष्ट्रिय सभागृहमा हुनेछ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget