ताप्लेजुङ , फागुन २५ गते । ताप्लेजुङमा एक नवजात शिशुको शव टुक्रा टुक्रा पारी गाडिएको अवस्थामा फेला परेको छ ।

ताप्लेजुङ नगरपालीका ६ निवासी बलबहादुर लिम्बुको आलुबारीमा माटोले पुरेको अवस्थामा नवजात शिशुको सव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । शव टुक्रिएकाले लिंग पहिचान हुन सकेको छैन् ।
टुक्रा पारिएको शवलाई संकलन गरी जिल्ला अस्पताल पु¥याएको छ । सोमबार दिउँसो बारीमा आलु खन्ने क्रममा लिम्बुले नवजात शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
नवजात शिशुको हत्या गरी कसैले गाडेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
Post a Comment