युवराज गौतम ,
गाउँमा एकजना सूचीकार थिए, सधैँ राष्ट्रिय पोसाक लगाएर पसलमा बस्थे । उनकी आठ–दस वर्षकी छोरी राम्रो नाच्थिन् । लुगा काट्दा निस्किएका पचासौँ टुक्रा जोडेर बाबुले सिलाइदिएको रंगीविरंगी जामा लगाएर छम्छम् नाच्दा ती बालिका खुबै राम्री देखिन्थिन् । अरूले फुक्र्याउँथे, ‘हेमन्तीको जामा कति राम्रो, नाचेको झनै राम्रो।’
पचासौँ टुक्रा जोडेर सिलाइएको हेमन्तीको त्यही जामा जस्तो छ– नेपालको संविधान । अनि त्यस्तै छ, शासकीय स्वरूप, प्रान्तको परिकल्पना र भावी नेपालको मानचित्र । नेपाल संसदीय पद्धतिमै छ वा साम्यवादी पद्धतिमा ? संविधान पढ्दा केही पनि बुझ्न सकिँदैन । दलहरूको राजनीतिक दर्शन हेमन्तीको जामाभन्दा झिलिमिली छ । भीड हेरेर नीति बनाउँछन् उनीहरू । ‘नीति’ भनिए पनि वास्तवमा विद्यार्थी संगठनहरूको विधानभन्दा बढी गुरुत्वाकर्षण शक्ति छैन त्यसमा।
माक्र्सवाद र लेनिनवाद कहाँ छ एमाले (एकीकृत माक्र्सवादी लेनिनवादी) दलमा ? राष्ट्रियता, प्रजातन्त्र, समाजवादको नारा बोकेको नेपाली कांग्रेसका कति नेता–कार्यकर्ताहरू त्यसप्रति इमानदार छन् ? एमाओवादीले हजारपटक माओवादको हुर्मत लिएको छ । संघीयता चाहिँदैन भन्ने नेताले संघीय किल्ला सम्हालेका छन् । छेपारो चरित्रका दर्जनौँ दोधारे नेताहरू क्याबिनेटमा छन् । अर्थात् मन्त्रिपरिषद् पनि हेमन्तीकै जामाजस्तो छ । जामाको रग र गुणस्तर छुट्ट्याउन गाह्रो छ । नेपाली जनता छक्क परेका छन्।
पृथ्वीनारायण शाहले विभिन्न राज्यलाई गोरखामा गाँसेका हुन्, बडो दुःखले । उनले बलियो सैनिक संगठन बनाएर नेपाल एकीकरण गरे । त्यसैले नेपाली सेनाको इतिहास र एकीकरणको इतिहास अन्योन्याश्रित छ। २० वर्षको उमेरमा राजा भएका ती युवक मोजमज्जा, सुखसयल र ऐश्वर्य भोगेर आरामले बस्न सक्थे, तर उनले अहर्निश संघर्ष गरे।
सेनालाई बलियो बनाए । उनको फौजले विश्व जित्ने अंग्रेज फौजलाई सिन्धुलीगढीमा धुलो चटायो । नेपोलियनको फौजलाई पनि जित्ने अंग्रेजले पृथ्वीनारायणको फौजसँग हार्नुपर्यो । भनिन्छ– दुई हजार चार सय सैनिकमध्ये ६ सयजना जति मात्र बाँचेर भागे सिन्धुलीमा।
प्रत्येक वर्ष महाशिवरात्रिका अवसरमा सैनिक दिवस मनाउने नेपाली सेनाको मुख्यालयले आफ्ना जवानदेखि उच्च तहका अधिकृतहरूलाई पृथ्वीनारायणको दिव्योपदेश अध्ययन र अनुशीलन गर्न सिकायो भने राष्ट्र बचाउने मूल मन्त्र त्यसैमा छ । चीनका प्रसिद्ध विद्वान् सुन–जुको युद्धकला (आर्ट अफ वार) भन्दा व्यापक छ पृथ्वी विचार।
‘सिपाहीलाई तिखारिराख्नू’ भनेका छन् पृथ्वीनारायणले । सूचना संकलन गर्न उनले गुप्तचरहरूलाई साधु, गाइने, झाँक्री र ज्योतिषीको रूपमा टाढाटाढासम्म पठाउँथे भन्ने किंवदन्दी धेरै छन् । क्षमता, सीप, इमान र लगन हुनेको कदर गर्थे उनी । त्यसैले यातायातलगायत कुनै कुराको सुविधा नभएको त्यो कालखण्डमा पनि पृथ्वीनारायण सफल भए।
विदेशीले मौका पाए भने बिताउँछन् भन्ने राम्ररी बुझेका रहेछन्। त्यसैले दिव्योपदेशमा उनले भनेका छन्, ‘राजाको चतु¥याइँ भया सिपाही रैति हात गरि राषनु (राख्नु), मलाजा (मोलाहिजा) पछि गुणपछि लाग्न नदिनू । नुन्पछि लाउनू ।’ योग्य मानिसलाई मात्र राजाले हजुरिया (आधुनिक भाषामा दरबारका सचिव) बनाउनु भन्ने उनको उपदेश छ।
राजाका वरिपरि अयोग्य, प्रवञ्चक, कपटी, ढोँगी, कुरौटे, षड्यन्त्रकारी, पूर्वाग्रही र लम्फूहरूले घेरा हालेर बसे भने के हुन्छ भन्ने कुरा हामीले छर्लंग देखेका छौँ। म्याकिनेसनमा पारंगत व्यक्तिहरू नेसन (राष्ट्र) ध्वस्त पार्ने हतियार हुन् । त्यसैले, नेपाललाई कमजोर बनाएर विदेशीका इशाराअनुसार काम गर्नेहरू सिंहदरबारदेखि राजदरबारसम्म घुसेका थिए भन्ने आशंका गर्ने आधारहरू प्रशस्त भेटिन्छ । ठूलो वृक्षका बोक्रा झैँ ट्याप्पै टाँसिएका ती जिउँदा (? ) पुतलाहरू वास्तवमै राष्ट्रका परम शत्रु हुन्।
चिट चोरेकै भरमा एमएसम्म उत्तीर्ण भएकाहरू डाक्टर साहेब बन्ने लोभमा पचासौँ पुस्तकका सामग्री टालटुल गरेर शोधग्रन्थ तयार गर्ने धेरै छन् नेपालमा । त्यस्तो विद्यावारिधि प्रकारान्तरले हेमन्तीको जामा जस्तै हो । ती डाक्टरमध्ये धेरैजसो दलका खरी झरेका मादल भएका छन् । उनीहरू मात्र होइन, विविध रूपरंग र ढंगमा नेपाली मुखुन्डो लगाएर विदेशीको मात्र सेवा गर्नेहरूले राष्ट्रलाई खोक्रो पार्न खोजेका छन्।
भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त डा. शाहवुद्दिन याकुब कुरेसी भन्छन्, ‘निर्वाचन पद्धति अत्यन्त महँगो भएकाले आज पनि भारतीय प्रजातन्त्र संकटमा छ ।’ उनको कथनले दलहरूमार्फत विदेशीले लगानी गर्छन् र राष्ट्र संकटमा पर्छ भन्ने संकेत गर्छ । पारदर्शिता, दायित्वबोध र देशभक्तिबाट विचलित नेपालका राजनीतिक दलरूमध्ये प्रभावशाली भनिएका दलहरूमा बाह्यशक्तिको कालो छाया टड्कारो देखिन्छ।
जबर्जस्ती चन्दा (? ) र कालो धन्दा (डनतन्त्र) लगायतका कुकर्ममा दलका अगुवा नै लागेका खबरहरू आए। देशीविदेशीसँग हात पसारेर बाँचेका दलहरूले संघीयता लागू गरेर हरेक प्रान्तलाई चािहने अर्बौँ रुपैयाँ कहाँबाट ल्याउँछन् ? त्यसैले कृष्णप्रसाद भट्टराईले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई विदेशबाट आयात गरिएका एजेन्डा भन्दै कांग्रेस पनि क्रिश्चियन र कम्युनिस्टको षड्यन्त्रमा फसेको बताएका थिए। गहिरो इनारमा खसेका कांग्रेसका कतिपय नेता इनारभित्रै भाषण गरिरहेका छन् र थपडी मार्दैछन् भ्यागुताहरू।
महाभारतमा युधिष्ठिर र यक्षबीचको संवाद रोचक छ । यक्ष प्रश्न गर्छन्, ‘संसारमा को मानिस साँच्चै खुसी छ ? ’ युधिष्ठिर भन्छन् –‘जो ऋणबाट मुक्त छ, ऊ साँच्चै खुसी छ।’ नेपाल आज ऋणमा डुबेको छ र सुख प्राप्त गर्ने ध्याउन्नमा हजारौँ परिवार ऋणमा डुबेका छन्।
देखावटी खुसी व्यक्त गर्न ती अभागीहरूले जीवनलाई हेमन्तीको जामा बनाएका छन् तर चञ्चल र निर्दोष हेमन्ती झैँ ती छमछम नाच्न सक्दैनन् । करोडपतिबाट रातारात रोडपति भएका छन् धेरै धनीहरू । जो स्वदेशका बैंक ठगेर अर्बपति भएका छन्, ती पनि एक दिन निर्वस्त्र बन्छन्।

राष्ट्रलाई अनिर्णय, बेथिति, अस्थिरता र अन्योलतिर धकेल्दै आफ्नो राजनीतिक दुनो सोझ्याउने प्रवृत्तिले राजनीतिमा संलग्न दुई–चार सय व्यक्ति करोडौँ सम्पत्तिका मालिक बन्लान्, तर राष्ट्र झन् जर्जर बन्छ ।
राजनीतिमा प्रजातन्त्र होइन, निरंकुशता मौलाएको छ । जर्ज अर्बेलको प्रसिद्ध उपन्यास नाइन्टिन एटी फोरमा एउटा पात्र छ, विन्स्टन स्मिथ । ऊ भन्छ, ‘प्रजातन्त्रमा दुई र दुई–चार हुन्छ भन्न पाइन्छ । त्यही त हो नि स्वतन्त्रता भनेको ।’ यसरी बहुमतका अगाडि विवेकी तर्क निरर्थक बन्छ।
एमालेका एकजना केन्द्रीय नेताले बेँसीसहरमा भाषणको रहर पूरा गरे । उनले भनेछन्, ‘गणतन्त्र नमान्ने जति सबैलाई थुन्दिछौँ । राजा ज्ञानेन्द्र गणतन्त्रको आलोचना गर्दैछन्, अब उनलाई निर्मल निवासबाट पनि लखेट्छौँ ।’
यो वास्तवमा अभिमानको पराकाष्ठा हो।
राजासँग होइन, कम्युनिस्टसँग सहकार्य गर्दा प्रजातन्त्र सुदृढ बन्छ भन्ने गिरिजाप्रसाद कोइरालाको दम्भ र अदूरदर्शी सोचका कारण नेपालमा क्रिस्चियन र कम्युनिस्टलाई पश्चिमाहरूले ठूलो लगानी गरे । भारतमा टी हर्मिस जस्ता क्रिस्चियन ‘र’ का प्रमुख हुनु र क्याथोलिक क्विन सोनिया गान्धीजस्ता इसाईकै अगुवामा नेपालविरोधी गतिविधि सञ्चालन गराइयो, पश्चिमाहरूको सहकार्यमा।
भारत, अमेरिका र ब्रिटेनले राजतन्त्र ढालेर हिन्दु–बौद्ध एवं तमाम ओमकार परिवारको अस्तित्व धुलिसात बनाउन खोजेकै हुन् । त्यसैले गणतन्त्र उनीहरूकै प्रोजेक्ट हो । डा. शशांक कोइरालाले ढिलै भए पनि गणतन्त्र, संघीयता र धर्म निरपेक्षताविरुद्ध बोले । राष्ट्र बचाउनुपर्छ भन्नेहरूले यसको समर्थन गरेका छन्।
जोन रोलान्डले भनेका छन्, ‘आफ्नो प्रभुत्व बढाउन सञ्चारमाध्यमलाई मुठीमा पारिन्छ । मतदानमा धाँधली हुन्छ । सरकार एकतन्त्री बन्छ, कसैको कुरा सुन्दैन । सरकारमा बस्नेहरू आफूलाई संविधानभन्दा माथि ठान्छन् । निरंकुशता त्यहीँबाट मौलाउँछ।’
गणतन्त्र, संघीयता र धर्म निपेक्षतारूपी रंगीचंगी जामा लगाएर डलर, युरो तथा भारुमा नाचेका दल, एनजीओ र प्रेसजगत्ले पृथक विचारको कहिले पनि इज्जत गरेनन् । बरु अपमान गरे । स्वतन्त्रताकै दुरुपयोग गरियो। राष्ट्रमा चरम विशृंखलता, विदेशीको अभूतपूर्व हस्तक्षेप, बेरोजगार, महँगी, अराजकता, गरिबी र विखण्डन छैन भनेर कसले भन्न सक्छ?
नेताको व्यक्तित्वलाई महिमामण्डित गर्ने तर राष्ट्रका ऐतिहासिक व्यक्तित्व नचिन्नेहरूका हातमा छ, सरकार र राजनीति । क्रिसमसमा सरकारी बिदा दिन्छ सरकार तर राष्ट्रिय एकता दिवस मान्दैन । अब तपाईं नै भन्नुहोस्, यो पनि इसाईको बलमा बनेको सरकार हो कि होइन?
जातीय पूर्वाग्रह (एथ्निक प्रिजुडिस) कति खतरनाक हुन्छ भन्ने छर्लंग देखियो, रुआन्डामा । होटेल रुआन्डा चलचित्र हेरून्, नेपालका आदिवासी–जनजाति र विभिन्न किसिमका नेताहरूले । नेपाली–नेपालीलाई हिजो वर्णा श्रम पद्धतिले विभाजित गरेको थिएन।
आज दाताका रूपमा साम्राज्यवादको छाता ओढेर आएका गोराहरूले हामीलाई बाहुन–क्षेत्री–ठकुरी, दशनामी (शोषक वर्ग रे) देखि लिएर दलित, जनजाति, आदिवासी आदिमा खण्डखण्ड गरे । अखण्ड नेपालको टाउकोमा बन्चरो हान्दा पनि संघीयताकै सिरानी हालेर मस्त सुतेका छन् दलहरू।
धर्म निरपेक्षताकै मन्त्र जप्छन् नेताहरू । हिजो राजा धपाउन ढोलढ्यांग्रो बजाउनेहरू राष्ट्र नै ढल्न लाग्दा पनि मौन छन् किन ? किनभने यी सबै भरिया र करिया मात्र हुन् । उनीहरू राष्ट्रवादी होइन, दलवादी र छलवादी छन्।
पचास देशका १७० सहरमा छाप्छाप्ती छन् चीनको गुन्यान्वु (एमएसएस) गुप्तचर संस्थाका एजेन्टहरू । उनीहरूको विश्लेषण छ, नेपालमा बसेर चीन, भारत र नेपाल तीनवटै राष्ट्र टुक्र्याउन चाहन्छन् पश्चिमाहरू । गणतन्त्र, संघीयता र धर्म निरपेक्षता पश्चिमाका तीनवटा सशक्त हतियार हुन् । अफ्रिकादेखि लिएर धेरै राष्ट्रमा परीक्षित छन् यी हतियार।
साम्यवाद, समाजवाद, अन्तर्राष्ट्रवाद, माओवाद, माक्र्सवाद, लेनिनवाद, स्टालिनवाद, गान्धीवाद आदिको फ्युजन हो, नेपालको संसद् । अर्थात् यो पनि हेमन्तीको जामा । दलहरूको स्पष्ट सोच छैन र उनीहरू जसोतसो गफ चुटेर राजनीति (? ) गरिरहेका छन्।
भृकुटीमण्डपमा कांग्रेसको कुम्भमेलामा नीति–कार्यक्रमबारेको छलफलमा जसरी छल भयो, त्यो प्रायोजित थियो । गम्भीर भएर विमर्श गर्न नचाहने प्रवृत्ति पुरानै हो र कतिपय उडन्ते–उरन्ठेउला प्रतिनिधिहरूका लागि पार्टीको महाधिवेशन काठमाडौँमा आयोजित एउटा मदनोत्सव मात्र ठहरियो।
बितेका दस वर्षमा राजनीतिक तरलता झन् बढ्यो। यसले गर्दा राष्ट्रिय गौरवका आयोजनाहरू अलपत्र परे। काठमाडौँ–तराई द्रूतमार्ग, हुलाकी राजमार्ग, पूर्व–पश्चिम रेलमार्ग, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई सिँचाइ आयोजना, मेलम्ची आयोजनालगायतका अबौँ रुपैयाँका आयोजनाहरूको भविष्यबारे प्रश्न उठ्न थालेका छन्।
राष्ट्रलाई अनिर्णय, बेथिति, अस्थिरता र अन्योलतिर धकेल्दै आफ्नो राजनीतिक दुनो सोझ्याउने प्रवृत्तिले राजनीतिमा संलग्न दुई–चार सय व्यक्ति करोडौँ सम्पत्तिका मालिक बन्लान् तर राष्ट्र झन् जर्जर बन्छ। - अन्नपूर्ण पोस्टबाट

Post a Comment