
अध्यागमन विभागले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले अध्यागमनलाई सुधार गर्न के के कुरा अवलम्बन गर्नुपर्छ त्यो समावेश गरेर एक्सन प्लान बनाउन निर्देशन दिएका हुन्। सोमबार विहानसम्ममा एक्सन प्लान बनाएर सोही दिन दिउँसो गृहमन्त्रीले अध्यागमनका अधिकृतहरुको बैठक डाँकेका छन्।
अध्यागमनमा अहिले भएको स्रोत साधनबाट पर्याप्त काम गर्न नसकेको भन्दै उनले दुख प्रकट गरे । साथै उनले अध्यागमन सुर्धान कर्मचारी ट्रेड युनियनहरु बधक बन्न नहुने धारणा राखे । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले २७ वर्षको अन्तरालमा त्रिभुवन विमानस्थलमा समस्या जस्ताको त्यस्तै रहेको सुनाए ।
'म २०४५ सालतिर विमानस्थल प्रमुख थिए' उनले भने 'त्यतिबेलाका समस्या र अहिलेका समस्या उस्तै छन्।'
यस दौरानमा अन्य एजेन्सीले फड्को फारेको भन्दै उनले विमानस्थलले केही पनि गति लिन नसकेको बताए। '२७ वर्ष अघि भिसा थुक लगाएर टास्नु पर्ने थियो अहिले के छ थाहा छैन' उनले भने ।
उनले यसो भनिरहदाँ छेउमै रहेका गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले 'अहिले गम छ' भनेर जानकारी गराएका थिए।
अध्यागमन सुरक्षासँग सम्बन्धित भएकाले अल्ली गम्भीर भएर लाग्नुपर्ने अर्यालको तर्क थियो।
नेपाल प्रहरीले इन्टरपोल र युएनको डाटा सेयर गर्न सक्ने तथा अध्यागमनको डाटामा पहुँच नभएको अर्यालले बताए। अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले अध्यागमन ऐन पूरानो भएको भन्दै संशोधन गर्नुपर्ने बताए। भिसा हस्तलिखित भएको भन्दै भिसा पनि मेसिनले जाँच्न सक्ने बनाउनुपर्ने उनले बताए।
पछिल्लो समय अध्यागमन सुधारका लागि विभिन्न तह र तप्काबाट आफूले पहल जारी राखेको न्यौपानेले बताए।
Post a Comment