
दुबईबाट रसियाका लागि उडेको एफजेड ९८१ फ्लाइट नम्बरको फ्लाई दुबईको बोइङ ७३८–८०० विमान आज विहान दक्षिणी रसियाको रास्तोव अन–दनमा अवतरणका क्रममा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विमान अवतरणका क्रममा कमजोर भिजिबिलिटीका कारण धावन मार्गमा दुर्घटना भएको हो । जेट विमानमा चालक दलका ६ सदस्य र ५५ जना यात्रु रहेको रसियाको क्षेत्रीय आपकालीन मन्त्रालयले पुष्टि गरेको छ ।
Post a Comment