Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्यमा सुधार

काठमाडौँ, फाल्गुन १८ गते । गत महिनादेखि अस्पताल भर्ना भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएको छ ।

ag
जीवनका ७८  वसन्त पार गरिसकेका गुरुङको गत महिनादेखि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।

सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित थिए ।

गुरुङको उपचार खर्चका लागि करिब रु २० लाख जति लाग्ने अनुमान गरिएको नयाँ दिल्लीमा रहेका संगीतकार मणिकमल क्षेत्रीलाई उद्धृत गर्दै गायिका कोमल ओलीले बताइन् ।

राष्ट्रियगानका संगीतकारसमेत रहेका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो । तर उपचारका लागि अहिलेसम्म सरकारीस्तरबाट कुनै पहल नगरिएको गायिका ओलीले गुनासो पोखिन् ।

राष्ट्रको एउटा धरोहरको उपचारमा सरकारले चाँडै चासो देखाउने आशा व्यक्त गर्दै उनले भनिन्, ‘आजकै मन्त्रिपरिषद्को बैठकले यसबारे केही निर्णय गर्ने आशा छ ।’

नसा तथा पाचन प्रणालीमा समस्या आएपछि ग्रान्डी अस्पताल भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget