
रिहा भएपछि बिहान ११ः३० बजे मुम्बाई आइपुगेका छन् । एयरपोर्टमा उत्रने बित्तिकै सञ्जय सिधै सिद्धिविनायक मन्दिर पुगेका थिए । त्यसपछि मरिन लाइन्स स्टेसनमा रहेको आमा नरगिसको समाधिमा पुगेर श्रद्धान्जली दिएका थिए । अनि मात्र उनी इम्पेरियल हाइटस्मा रहेको आफ्नो निवास पुगे । त्यहाँ उनलाई बाजागाजासहित स्वागत गरिएको थियो । सञ्जय दत्त रिहा भएपछि बलिउड सेलिब्रेटीहरुले उनको स्वागत गर्दै समाजिक सञ्जालमा शुभकामना दिएका छन् । ‘पूरानै दिनचर्यामा स्वागत छ । अब यादगार चलचित्रहरु बनाऊ,’ ऋषि कपुरले लेखेका छन् । त्यस्तै साजित खान, जुही चावला, महेश भट्टलगायतले पनि ‘वेलकम ब्याक सञ्जय’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । सन् १९९३ को मुम्बई ब्लास्टपछि एके ४७ हतियार राखेको आरोपमा सञ्जय पक्राउ परेका थिए । उनलाई टाडा कोर्टले पनि दोषी करार गर्दै ५ वर्षको सजाय सुनाएको थियो । उनी सन् २०१३ को मे २१ मा जेल चलान भएका थिए । उनले पहिले नै १८ महिना जेल सजाय काटेका हुँदा ४२ महिना मात्र जेल बस्नु परेको थियो । जेलमा सञ्जयले कागजले बनेको झोला बनाएर ३८ हजार रुपैयाँ कमाएका थिए । तर, त्यसमा उनले ४ सय ४० रुपैयाँमात्र बचाए । ४२ महिनामा उनले २ सय ५६ दिन पेरोलमा जेलबाहिरै बिताएका थिए । - रातोपाटिबाट
Post a Comment