Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

फागु’ मा तराई कथा

काठमाडौँ, फाल्गुन ९ गते । पछिल्लो समय तराई मुद्दा राष्ट्रिय राजनीतिको केन्द्रमा छ । केन्द्रले सधैं उपेक्षा गर्ने गरेको तराईवासीको आरोप रहँदै आएको छ । यस्तोमा नेपाली फिल्मले भने तराई/मधेसका विषय उठान गर्न थालेका छन् ।

nu

एकाध महिनाअघि मात्रै निखिल उप्रेती स्टारर ‘भैरव’ को सबै पृष्ठभूमि तराईको थियो भने यतिबेला निर्माण भइरहेको फिल्म ‘सरंक्षण’ ले पनि कथा र भूगोल तराईलाई नै बनाएको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको सम्झना उप्रेती रौनियार निर्देशित ‘फागु’ लाई पनि तराईको सेरोफेरोमा घुमेको कथा भनी निर्माण पक्षले प्रचार गरिरहेको छ ।

शिल्पा पोखरेलको मुख्य भूमिका रहेको फिल्मबाटै सुवास पराजुलीले नायकका रूपमा डेब्यु गर्दै छन् । माया, प्रेम र रोमान्सको संयोजन रहेको ‘फागु’ लाई नायिका करिश्मा मानन्धरले निर्माण गरेकी हुन् ।

रामशरण उप्रेतीको छायांकन रहेको फिल्ममा शिल्पा र सुवाससहित गौरी मल्ल, टीका पहारी, वसन्त भट्ट, प्रमोद अग्रहरि, विष्णु सापकोटा र विशेष भूमिकामा राजेश हमालको अभिनय छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget