
अहिले बिहान करिब ७ः३० बजे संसारीमाईस्थान छेउमा रहेको चियापसलको अगाडि रहेको खाटमा एक वेवारिशे शव फेला परेको हो । अन्दाजी ५० वर्षको जस्तो देखिने तराईमुलको उक्त वेवारिशे शवलाई प्रहरीले शव परीक्षणका लागि कोशी अञ्चलमा लगेको छ ।
मदिरा सेवनका कारण निधन भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको सहायक प्रहरी निरीक्षक सुवर्णवीर मगरले बताउनु भएको छ ।
Post a Comment