Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राष्ट्रपति ओबामा क्युबा जाने

वासिङ्टन, फाल्गुन ६ गते  । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी केही हप्ताभित्रै क्युवाको भ्रमण गर्नुहुने भएको छ ।

nn

एकजना अमेरिकी वरिष्ठ कूटनीतिज्ञले सो समाचार बुधबार सार्वजनिक गरेका छन् । उनकाअनुसार राष्ट्रपति ओबामाले गर्न लागेको यस भ्रमणबाट यी दुई देशकाबीचको सम्बन्ध थप प्रगाढा बन्ने अपेक्षा गरिएको छ ।
उनले भने– सो भ्रमणको तिथि हामीले भोलि नै सार्वजनिक गर्नेछौँ । आगामी केही हप्तामा राष्ट्रपति ओबामाले ल्याटिन अमेरिकी देशहरुको भ्रमण गर्न लाग्नुभएको र सो भ्रमणको तालिका पनि छिट्टै नै सार्जजनिक हुनेछ ।
उहाँको यस भ्रमणले अमेरिका र क्युबाबीचको द्विपक्षीय सम्बन्धमा सकारात्मक अर्थ राख्ने धारणा पनि राख्नुभयो । दोस्रो विश्वयुद्धका सत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई छिमेकीबीचको सम्बन्धमा नाटकीय रुपमा विसका हुन लागेको छ ।
क्युबामा सन् १९५९ मा भएको क्रान्तिपछि संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रुपमा यो पहिलो भ्रमण हुन लागेको बताइएको छ ।
यसअघि सन् १९२८ मा मात्र अमेरिकी पूर्व राष्ट्रपति क्याल्भिन कुलिजले क्युबाको भ्रमण गर्नुभएको थियो ।
गएको जुलाई महिनामा आधा शताब्दिभन्दा लामो समयदेखि विग्रिएको सम्बन्ध सुधारको प्रयास भएको थियो । सो प्रयासस्वरुप राष्ट्रपति ओबामाले सम्बन्ध पुनःस्थापनाको प्रयास गर्नुभएको थियो । सो प्रयासपछि पहिलो पटक यो भ्रमण हुन लागेको हो ।
सन् १९५९ मा क्युबाको राष्ट्रपतिमा फिडेल क्यास्त्रो आएपछि अमेरिकाले आर्थिक नाकाबन्दी सुरु गरेको थियो । त्यसदेखि यता सो नाकाबन्दी लगाई नै रहेको छ । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget