Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

टर्कीमा आत्मघाती आक्रमणमा २८ मारिए

अङ्कारा, फाल्गुन ६ गते  । टर्कीको राजधानी अङ्काराको मध्यभागमा बुधबार साँझ भएको आत्मघाती आक्रमणमा परी कम्तीमा पनि २८ जनाको ज्यान गएको समाचार छ ।

bi

प्राप्त समाचारअनुसार टर्कीको अङ्कारामा सैनिकको सुरक्षा लस्करलाई मध्यनजर गरी सो हमला गरिएको थियो ।

उक्त आत्मघाती हमलामा परी २८ जनाको ज्यान गएको र अरु कम्तीमा ६१ जना नराम्ररी घाइते भएको बताइएको छ ।

टर्कीका उपप्रधानमन्त्री नुमन कुर्तमस्ले सो दुर्घटनाको पुष्टि गर्नुभयो । उहाँले सो दुर्घटनामा २८ जनाको ज्यान गएको र अरु ६० जनाभन्दा बढी गम्भीर रुपमा घाइते भएको बताउनुभयो ।

तर मारिनेमा सैनिक वा सर्वसाधारण को छन् भन्ने बारेमा भने केही बाइएको छैन । जनाइएअनुसार सो दुर्घटनामा कैयाँै सैनिक घाइते भएका छन् ।

राष्ट्रपति रिसेप ताइप एर्दाेग्यानले दोषीमाथि कडा भन्दा कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले टर्कीका सुरक्षा निकायहरुलाई आक्रमणकारीलाई तत्कालै खोजी गरी कारबाहीको दायराभित्र ल्याउन निर्देशन पनि दिनुभयो ।

विस्फोटक पदार्थले भरिएको एउटा कार सो स्थलमा ल्याएर ठोकाइएको थियो । सो कारमा निकै नै शक्तिशाली विस्फोटक पदार्थहरु राखिएको बताइएको छ ।

टर्कीमा पछिल्ला केही वर्षहरुमा आतङ्ककारी हमलाहरु निकै बढ्न थालेका छन् । टर्कीले सिरियाली सीमाक्षेत्रतर्फबाट यस्तो हुने गरेको भन्दै त्यसतर्फको सीमा बन्द गर्न लगाएको भएपनि आतङ्ककारी हमला भने रोकिएको छैन ।

बुधबार भएको यो पछिल्लो हमलाको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले पनि ती आतङ्ककारी को हुन् भन्ने बारेमा केही बताएको छ । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget