
बृहत्तर मकै उत्पादन कार्यक्रम र कृषि प्रसार कार्यक्रम अन्र्तगत २ किसिमबाट मकैको विऊ वितरण गरिएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरका नायव प्राविधिक सहायक नरहरी निरौलाले जानकारी दिनुभयो ।
बृहत्तर कार्यक्रम अन्र्तगत फिदिम नगरपालिका,याङनाम,भारपा र यासोक,रानीगाऊ,स्याबरुम्बा क्लष्टरका ३ हजार ५ सय वढि कृषकलाई मनकामना ३,अरुण २ र रामपुर कमपोजिट जातको १५ मेट्रिकटन मकैको विऊ वितरण गरिँदैछ ।
गत वर्ष ३ हजार कृषकलाई १२ हजार मेट्रिकटन मकैको विऊ वितरण गरेको जिल्ला कृषि विकाश कार्यालय पाँचथरले जनाएको छ । यस्तै कृषि प्रसार कार्यक्रम अन्र्तगत जिल्लाका कलष्टर बाहेक अरु गाविसमा मकैको विऊ वितरण गरिँदैछ । प्रतिरोपनी १ का के.जीका दरले उक्त मकैको विऊ वितरण गरिरहेको कार्यालयका नायव प्राविधिक सहायक निरौलाले वताउनुभयो ।
Post a Comment