
नयाँ स्रष्टालाई पहिचान गरि गजल लेखनमा हौसला प्रदान गर्ने उदेश्यले उक्त पुरस्कारको स्थापना गरिएको आयोजक सँस्था उर्लावारी गजल मञ्चले जनाएको छ ।
२०६५ साल देखि स्थापना गरिएको उक्त पुरस्कारबाट ६ जना पुरस्कृत भइ सकेका छन् । अघिल्लो साल युवा गजलकार विराट अनुपम पुरस्कृत भएका थिए भने त्यस अघि क्रमश प्रतिभा प्रक्षिप्त, नविन प्राचिन, राज दिलान्जली, सुसिला भट्ट र रहस्य विक्रम चिमरिया पुरस्कृत भइसकेका छन् ।
उर्लावारीमा रहेर साहित्यिक गतिविधि गरिरहेको मञ्चले युवा सर्जकका क्षमतालाई सम्मान प्रकट गर्ने गर्छ । सोहि अनुरुप नयाँ कृती प्रकाशन गरि नसकेका स्रष्टालाई थप हौसला बढाउन उनिहरुको क्षमताको कदर गरिएको आयोजक सँस्था उर्लावारी गजल मञ्चकाअध्यक्ष युवराज काफ्ले ‘इवन’ले जानकारी दिएका छन् ।
पुरस्कृत स्रष्टालाई यहि फागुन १५ गते एक विशेष कार्यक्रमको आयोजना गरेर पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशि ५ हजार ५ रुपैया रहेको समेत आयोजकले जानकारी दिएको छ । गजलकार प्याकुरेल शसक्त विचारकी धनि मानिन्छिन् ।
Post a Comment