Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपालको सम्मान बढ्ने गरी प्रस्तुत हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, फाल्गुन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीच बिग्रिएको सम्बन्धलाई समझदारीमा फर्काउने विषयलाई प्राथमिकतामा राखिने बताउनुभएको छ ।

hhy

भ्रमण दलमा सहभागी सदस्यहरूलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले नेपालको सम्मान र गरिमा बढ्ने गरी प्रस्तुत हुन आग्रह गर्नुभएको हो ।

भारत सरकारले यस भ्रमणलाई विशेष महत्व र गम्भीरताका साथ लिएकाले दुई देशबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली भोलिदेखि पाँचदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । रासस

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget