Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन महाधिवेशनका सबै प्रक्रिया स्थगित




पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको छ।


लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए।


कोइरालाको निधनसँगै महाराजगञ्जस्थित निवासमा कांग्रेस नेताहरुको आउने क्रम सुरु भएको कोइराला निवासमै रहेका सिंहका सहयोगी एवम् नेविसंघ प्रवक्ता युपी लामिछानेले बताए।



पछिल्लो केहीदिन देखि निमोनियकाका कारण ज्वरोले थलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा गडवडी भएपछि निधन भएको महाराजगञ्ज स्रोतले बताएको छ।  कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले महाराजगञ्जमा भेला भएका परिवार सदस्य तथा नेताहरुलाई ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिएका छन्।


कोइरालाले सार्वजनिक कार्यक्रममा आफूले क्यान्सरलाई जिति सकेको बताउँदै आएका थिए। पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएका कोइराला केही दिन यता विरामी भएपछि निवासमै आराम गरिरहेका थिए।


यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको भएपनि विरामी भएकाले कोइराला उपस्थित हुन सकेका थिएनन्।


को हुन् कोइराला ?



विक्रम सम्बत सन् १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा जन्मिएका कोइराला थिए। गत २०७० माघ २७ गते मुलुको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला सरकारकै नेतृत्वमा गत असोज ३ गते नेपालको नयाँ संविधान २०७२ जारी भएको थियो। कोइराला विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विक्रम सम्बत २०१० सालदेखि राजनीतिमा सक्रिय भएका थिए।


२००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न भएका कोइराला ठाकुरराम  हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय भएर लागेका थिए। कोइराला कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न भएका हुन् ।


२०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहँदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न कोइराला गएका थिए। ०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी कोइराला २०१४ सालमा  निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी समेत भएका थिए। २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी भएका कोइराला २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान गएका थिए।


राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील समेत भएका कोइराला २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित जिवन विताएका थिए। २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ परेका कोइराला ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा जीवन विताएका थिए।


यसैगरी २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी पाएका कोइराला २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय थिए। उनी २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी थिए भने २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार भएका थिए।


२०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय कोइराला २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्दमा परेपछि कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय भएका थिए। निरडकुश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइराला प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा  नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल जिवन विताएका थिए।


कांग्रेसको सदस्यता २०१२ सालमा लिएका कोइराला  तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा सम्पादकको भूमिका समेत निभाएका थिए। पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि कांग्रेसको केन्द्रीय सदस्य भएका कोइराला २०४५।४६ (सन १९९० )मा विदेश विभाग प्रमुख भएका थिए। २०५३ सालमा भएको नबौँ महाधिवेशनबाट महामन्त्री भएका कोइराला २०५५ साल असोज २० गते उपसभापति भएका थिए।  एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४ कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका कोइराला बाह्रौ महाधिवेशन २०६७, १–५ असोजसम्म काठमाडौंमा भएको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।



Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget