Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अलबिदा सुशिलदा

काठमाडौँ, माघ २६ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार बिहान निधन भएको छ ।

12721690_959373830817834_860790584_n

कोइरालाको निमोनियाका कारण मंगलबार बिहान १२ बजेर ५० मिनेटमा निधन भएको कोइरालाका स्वकीय सचिव अतुल कोइरालाले जानकारी दिए ।

दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज -सीओपीडी समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो ।

निधनको खबरपछि राति नै काठमाडौंमा उपलब्ध नेताहरु कोइराला निवास महाराजगञ्ज पुगेका थिए ।

यसैबीच कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा जारी निर्वाचन प्रक्रिया स्थगन गर्ने निर्णय गरेको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान १० बजे बस्ने आकस्मिक केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धि औपचारिक निर्णय गर्नेछ ।

अधिकांश नेताहरु महाधिवेशनका लागि काठमाडौं बाहिर छन् ।

अस्वस्थ्य भएपछि कोइराला सोमबार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । काठमाडौं कांग्रेसको अधिवेशन उदघाटन, प्रधानमन्त्रीले बोलाएको पूर्वप्रधानमन्त्रीहरुको छलफलमा पनि जान सकेका थिएनन् ।

यसैबीच कांग्रेसले शोक विज्ञप्ती जारी गर्दै कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget