
नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेर असाधारण योगदान पु¥याउनुभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उक्त भूमिका सम्मान योग्य र प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो ।
कोइराला निवासमा पुगेर स्व कोइरालाप्रति श्रद्धाञ्जलि अपर्णपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक सङ्क्रमणकाललाई टुङ्ग्याएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नेमा कोइरालाको सकारात्मक र दृढ भूमिका भएको स्मरण गर्नुभयो ।
स्व कोइरालाले संविधान जारी गर्न देखाउनुभएको सकारात्मक भूमिका र दृढतालाई सबै नेपालीले सदासर्वदा स्मरण गरिरहने उहाँले बताउनुभयो ।
“संविधान जारी गर्ने कार्यमा जसरी उहाँले दृढता देखाउनुभयो, अब, हामी सबै राजनीतिक दल, बुद्धिजीवी, सबै क्षेत्र र वर्गका मानिसले संविधान कार्यान्वयन गर्न पनि दृढ भएर योगदान पु¥याउनुपर्छ” – प्रधानमन्त्रीले भन्नुभयो ।
कोइरालाले जहिले पनि एकता, सहमति, सहकार्य र मेलमिलापको राजनीतिलाई जोड दिनुभएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई अनुशरण गर्दै मुलुकमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो – “यस दुःखको घडीमा नेपाल सरकार, नेकपा (एमाले) र आफ्नो व्यक्तिगत तर्फबाट पनि हार्दिक समवेदना प्रकट गर्दछु । रासस
Post a Comment