Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

काँग्रेस नेता आचार्य अस्वस्थ

काठमाडौँ, माघ २६ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यको स्वास्थ्य असहज भएपछि उहाँलाई उपचारार्थ बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ ।

 

bbh

उहाँको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ । नेता आचार्यको स्वास्थ्यस्थिति बुझ्न पार्टी उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरु अस्पताल पुग्नुभएको छ ।

पार्टी सभापति कोइरालाको निधनपछि उहाँलाई श्रद्धाञ्जलि अर्पण गर्न कोइराला निवास महाराजगन्ज पुग्नुभएका आचार्यको एक्कासि स्वास्थ्यमा खराबी आएको थियो ।

यसअघि नेता आचार्यले सञ्चारकर्मीसँग कुरा गर्दै स्व सभापति कोइरालालाई संविधान निर्माणका रुपमा सम्झिने बताउनुभयो ।

उहाँले सात दशकदेखि संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको चाहना पूरा गर्ने नेतृत्व गर्नुभएका कोइरालाको सादा र निष्ठावान व्यक्तित्व तथा प्रजातान्त्रिक मूल्यमान्यताप्रति कहिल्यै विचलित नहुने व्यक्तित्व भएको चर्चा गर्नुभयो ।

पछिल्लो संविधान निर्माणको कार्यमा झन्झट नमानी निरन्तर लागिपर्नुभएका स्व कोइरालाको योगदान सम्पूर्ण नेपालीका लागि महत्वपूर्ण रहेको बताउनुभयो । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget