Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सीमांकन विवाद जनमतको आधारमा टुंगो लगाऔं: नेता नेपाल

९ फागुन, झापा । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रदेश सीमांकन विवाद जनमतका आधारमा टुंग्याउनुपर्ने बताएका छन् । तराई-मधेसमा अब फेरि आन्दोलन उठ्न नसक्ने उनले दाबीसमेत गरे ।

‘सीमांकनको विवाद जनमतको आधारमा टुंगो लगाउनुपर्छ,’ झापाको विर्तामोडमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘तराई-मधेसमा भएको आन्दोलनले त्यहीका जनतालाई उठ्नै नसक्ने गरी समस्यामा पारेको छ अब फेरि त्यहाँ आन्दोलन उठ्न सक्दैन ।’

संविधानले सबै जातजातिलाई विशेषाधिकार दिएको दावी गर्दै उनले मधेसकेन्दि्रत दलहरुले भ्रम छरेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भारत र चीनसँगको सम्बन्धलाई नेपालले सामिप्यतामा राख्न चाहेको पनि बताए । त्रिदेशीय समझदारीका आधारमा मात्रै नेपालको आर्थिक विकास र प्रगति सम्भव हुने उनको भनाइ थियो ।

उनले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझावसमेत दिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget