Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कांग्रेसले हरेक गाबिसमा कृषि सहकारी सञ्चालन गर्ने

खोटाङ, फागुन  ९ – नेपाली कांग्रेस खोटाङले हरेक गाबिसमा कृषि सहकारी सञ्चालन गर्ने भएको छ । छैटौं अधिबेसनपछि शनिबार दिक्तेलमा बसेको कांग्रेसको नवनिर्वाचित कार्य समितिको बैठकले हरेक गाबिसमा कृषि सहकारी सञ्चालन गर्ने निर्णय गरेको हो । कृषिको व्यवसायीकरण र रोजगारको वाताबरण सिर्जना गर्नकालागि एक गाबिस एक कृषि सहकारी सञ्चालन गर्न पहल थाल्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । कृषि सहकारीको सम्भाव्यता अध्ययन र पहिचान गर्न जिल्ला सदस्य भक्तजङ राईको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बताउनुभयो । समितिलाई तीन महिनाभित्र कृषि सहकारीको सम्भाव्यताका बिषयमा अध्ययन गरेर प्रतिबेदन बुझाउने जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले उपसभापतिमा नवराज केसी र सहसचिवमा प्रेमकुमार राईलाई मनोनयन गरेको छ । बैठकमा गाउँ कार्य समितिको निर्णय र सिफारिस अनुशार मात्र बिकास निर्माणका काम अघि बढाउने निर्णय भएको जनाइएको छ
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget