Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मन्दिरको भौतिक पुर्वाधार विकासका लागी महायज्ञ

कुमोद अधिकारी ,
विराटनगर ,फागुन १३ गते | विराटनगर–११ स्थित श्री प्रगती विनायक गणेश मन्दीरको स्तरउन्नतीका लागी श्रीमद्ध भागवत धन धान्यञ्चल सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । गणेश प्रगती सेवा समाज पुराण आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलनगरी यही फागुन–१५ गतेदेखी हुन लागेको महायज्ञको तयारी पुरा भएको जनाएको छ ।

mahayagy
गणेश मन्दीरको आर्थिक अवस्था सुधारका तथा मन्दिरको भौतिक पुर्वाधार विकासका लागी समितिले फागुन–२२ गतेसम्म पुराण संचालनगर्न लागेको हो ।
सो अवसरमा प्रचारप्रसारका लागी भोली शुक्रवार मोटरसाइकल ¥याली तथा शनिवार विहान झाकी सहितको कलशयात्राको आयोजनागर्न लागिएको आयोजक समितिका संयोजक राजेन्द्र थापाले बताउनुभयो । सो पुराणमा ५० लाख रुपैया संकलनगर्ने लक्ष्य लिएको उहाले बताउनुभयो ।
सकंलित रकमले मन्दीरमा व्यावासायी भवन, मन्दीर घेरावेरा तथा मन्दीरको स्थर उन्नतीमा प्रयोग गरिने आयोजक समितिका कोषाध्यक्ष चेतनाथ निरौलाले बताउनुभयो । उहाका अनुसार स्थानिय जनतावाट निमार्ण गरिएको मन्दिरको स्तर उन्नतीका पुराण आयोजनागर्न लागिएको हो ।
पुराणमा आचार्य युवा पण्डित लोमष शरण उपाध्याय घिमिरेवाट कथावाच हुने छ । पुराणमा सहयोगगर्ने चन्दादाता तथा महानुभावहरुलाइ विभिन्न सम्मान दिइने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget