Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बाबुरामलाई गोरखामा चुनाव जित्न दाहालको चुनौती

फागुन १५ गोरखा ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीबाट फुटेर गएका बाबुराम भट्टराईलाई गोरखाबाट चुनाव जितेर देखाउन चुनौती दिनुभएको छ ।

कार्यकर्ता प्रशिक्षणका लागि गोरखा सदरमुकाम आएका उहाँले भट्टराईकै निर्वाचन क्षेत्रमा आज पत्रकार सम्मलेन गरेर अघिल्लोपटक पनि बावुरामले नभएर एमाओवादीले चुनाव जितेको दावी गर्नुभयो । ‘चुनाव जितेको बाबुरामजीले होइन पार्टीले हो,’ उहाँले भन्नुभयो, ‘ल त उहाँले अब जनताको मत लिएर जितेर देखाउनु होस् त, सजिलो छैन ।’

भट्टराईलाई जिताउन संसारभरिका प्रतिक्रियावादी र साम्रराज्यवादीले षड्यन्त्र गर्नु पर्ने उहाँको भनाई थियो । ‘एमाओवादीलाई टुटाएर, फुटाएर क्षतविक्षत बनाउन ठूला ठूला शक्ति लागेका छन,’ दाहालले भन्नुभयो, ‘मैले यो कुरा अहिले भन्न हुादैन, भन्न पनि मिल्दैन ।’

माओवादीको क्रान्ति र विद्रोहमा विशिष्ट स्थान रहेको गोरखामा विभाजन ल्याउन खोजिएको उहाँको दावी थियो । ‘बाबुराम जस्तो पिएचडी गरेका हजारौं छन, जागिर खान नपाएर हालत के छ ?’ दाहालले भन्नुभयो । बाबुरामले गोरखाली जनतालाई घात गरेको अ्ध्यक्ष दाहालको आरोप थियो । भट्टराईले देश, पार्टी र जनतालाई सप्राईज दिएको दाहालले बताउनुभयो । ‘मिल्नु पर्ने बेला छोडेर हिँड्नु भयो,’ उहाँले भन्नुभयो । सिद्धान्त र आर्दश छाडेर भट्टराईले आत्मघात गरेको उहाँको भनाई थियो ।

‘अनैतिक भएर बाबुराम लुकेर भागे,’ दाहालले भन्नुभयो, ‘अहिलेसम्म बाबुरामलाई मैले झेले अहिले राष्ट्रले झेलेको छ, मलाई आनन्द भएको छ ।’ पढेको मान्छे भनेर भट्टराईलाई आफूले स्थापित गरेको उहाँले बताउनुभयो । ‘मोहनविक्रमले बाबुरामलाई जिल्ला कमिटिभन्दा माथि कुनै हालतमा लैजानु हुँदैन भनेर सुझाव दिएका थिए,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘सेलबाट मैले पढे लेखेको विद्धान भनेर पोलिटब्युरोमा लगेको हुँ, अहिले विश्वासघात गरे ।’ जिन्दगीभर साथ दिने परिवार छाडेर भट्टराईले अर्कै परिवार रोजेको उहाँको भनाई थियो । दाहालले भन्नुभयो, ‘मैले माया गरेर प्रधानमन्त्री समेत बनाएको थिए ।’

पार्टी विभाजन हुनु प्राकृतिक नियम भएको भन्दै दाहालले छिट्टै माओवादी धाराहरुबीच एकता हुने दावी गर्नुभयो । ‘किरणजी रातारात बाबुरामजस्तो हुनुभएन भने छिट्टै एकता हुन्छ,’ उहाँले भन्नुभयो । देश संकटको घडीमा रहेको बेला राष्ट्रिय एकता आवश्यक परेको उहाँले बताउनुभयो ।

कांग्रेस महाधिवेशन सकिएपछि राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने उहाँको भनाई थियो । ‘ओलीजी वा अन्य व्यक्तिमा राष्ट्रिय सहमति भए पनि हामीलाई आपत्ति छैन,’ अध्यक्ष दाहालले भन्नुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget