Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मापदण्ड विपरित झोलुङ्गे पुल काे भन्दै स्थानियले दिए अल्टिमेटम

पाँचथर, फाल्गुन ७ गते । पाँचथर पावर कम्पनीले मापदण्ड विपरितको झोलुङ्गे पुल बनाएर मानवीय दुर्घटना निम्त्याउन खोजेको भन्दै पाँचथरको भारपा र याङनामका सर्वसाधारणले आपत्ती जनाएपछि प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरे नेतृत्वको टोलीले निरीक्षण गरेको छ ।

sb

निरीक्षणका क्रममा स्थानीयसँग घिमिरेले छलफल पनि गर्नु भएको छ । सो क्रममा आगामी आइतबार सर्वदलिय बैठक बस्ने सहमति भएको याङनाम १ का गजेन्द्र लिम्वूले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयवासीहरुले फागुन ३ गते कम्पनीलाई कादुरी संस्थाकै मापदण्ड अनुसार पुल निर्माण गरिदिन माग गर्दै सम्झौताका लागि ५ दिने अल्टिमेटम दिएको थियो । पाँचथर पावर कम्पनीले कादुरी एग्रीकल्चर वेल्फेयर संस्थाले २० वर्ष अघि निर्माण गरेको पुल हाइड्रोको इन्टेक निर्माण गर्न भत्काएको र पछि बनाएको काजिमाने झुलुङ्गे पुल जोखिमयुक्त रहेको बताएका छन् ।

कम्पनीले याङनाम,भारपा र नांगीन गा.वि.स.को सीमा हुँदै बग्ने हेवाँखोलाबाट ७ वर्ष अघि देखि १४ दशमलव ५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न निर्माणको काम गर्दै आएको छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget