Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विमान हरायो

काठमाडौँ, फाल्गुन १२ गते। पोखरबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ ।

bhh

पोखरा विमानस्थलबाट बुधबार बिहान ७  बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज १० मिनेटपछि सम्पर्कबिहीन भएको हो।

पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार जहाजमा जम्मा २३ जना सवार थिए । चालकदलका तीन सदस्य र २० जना यात्रु थिए । जसमा विदेशी दुइ जना र २ जना बालबालिका रहेका छन् । जहाजमा कुवेतका नागरिक रालरसिद अहमिद र चिनियाँ नागरिक माकस्यु यिङ रहेका छन् ।

रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखराबाट दुइवटा हेलिकप्टर पठाइएको छ । मानन्धर वरिष्ठ पाइलट हुन् । यसैगरी को-पाइलट डी नेम्कुल र एयरहोस्टेस रमा रावल रहेका छन् ।

पौडेलका अनुसार पोखरा टावरसाग ८ बजे अन्तिम सम्पर्क भएको थियो । उनका अनुसार म्याग्दीको रुप्से झरनाको आसपासमा जहाज दुर्घटना भएको आशंका गरिएको छ । उक्त सम्भावित क्षेत्रतर्फ खोजी कार्यको लागि हेलिकप्टर पठाइसकिएको छ ।

म्याग्दीस्थित कान्तिपुर संवाददाता घनश्याम खड्काका अनुसार म्याग्दी र मुस्ताङको सीमा क्षेत्रका स्थानीयले आगो लगाेको देखेको बताएपछि प्रहरी उक्त क्षेत्र तर्फ प्रस्थान गरेको छ । धौलागिरी हिमाल, रुप्से झरना र काभ्रेभीर आसपासमा जहाज खसेको अनुमान गरिएको छ ।

ताराले पनि जहाज हराएको जानकारी आएको बताएको छ ।

 

हेर्नुस उक्त जहाजमा रहेका यात्रुहरुको नामावलीः



 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget