
यहाँ आज बसेको परिषद्को बैठकले पुनरावेदन अदालत दिपायलका मुख्य न्यायाधीश दीपककुमार कार्कीको पुनरावेदन अदालत बागलुङमा र सो अदालतका मुख्य न्यायाधीश केदारप्रसाद चालिसेको पुनरावेदन अदालत विराटनगरको मुख्य न्यायाधीशमा सरुवा भएको परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिनुभयो । पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधीश डा आनन्दमोहन भट्टराईको भने पुनरावेदन अदालत पाटनमा सरुवा भएको छ ।
पुनरावेदन अदालत पोखराका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको धनकुटा र बुटवलका न्यायाधीश टीकाबहादुर हमालको दिपायलमा सरुवा भएको छ । त्यस्तै पाटनका न्यायाधीश कुमार चुडाल तुलसीपुर, विराटनगरका उदयप्रकाश चापागाईं पाटन, पोखराका सुष्मालता माथेमा पाटन र हेटाँैडाका कुमारप्रसाद पोखरेल विराटनगरमा सरुवा हुनुभएको छ ।
त्यसैगरी पुनरावेदन अदालत इलामका न्यायाधीश रमेश पोखरेल हेटौँडा तथा पाटनका शिवनारायण यादव इलाममा र दुर्गादत्त भट्ट पोखरामा सरुवा हुनुभएको छ ।
पुनरावदेन अदालत हेटाँैडाका न्यायाधीश डिल्लीराज आचार्य पाटन र पाटनकासलाउद्दिन अख्तर सिद्धिकी हेटाँैडा सरुवा हुनुभएको छ । त्यसैगरी पुनरावेदन अदालत पाटनका न्यायाधीश रेवन्तबहादुर कुँवर हेटौँडा, विराटनगरका किशोर सिलवाल पाटन र बुटवलका रामचन्द्र यादव जनकपुरमा सरुवा हुनुभएको छ ।
पुनरावेदन अदालत पाटनका न्यायाधीश पुष्पराज कोइराला विराटनगर, धनकुटाका जीवनहरि अधिकारी पाटन र बुटवलका प्रेमराज कार्की पाटनमा सरुवा हुनुभएको बताइएको छ ।
पुनरावेदन अदालत धनकुटाका न्यायाधीश चित्रदेव जोशी दिपायल, पाटनका हेमराज पन्त बुटवल र जनकपुरका गुणराज ढुङ्गेल सुर्खेतमा सरुवा हुनुभयो । पुनरावेदन अदालत जनकपुरका मेघनाथ भट्टराई धनकुटामा, विराटनगरका वीरेन्द्रकुमार कर्ण भीमदत्तनगरमा र भीमदत्तनगरका हरिप्रसाद बगाले पोखरामा सरुवा भएको छ ।
त्यस्तै पुनरावेदन अदालत हेटाँैडाका न्यायाधीश युवराज सुवेदी पुनरावेदन अदालत पाटनमा, सुर्खेतका रमेशप्रसाद राजभण्डारी बुटवलमा, बुटवलका अब्दुल अजिज मसलमान पाटनमा र जनकपुरका हरिप्रसाद भण्डारी बुटवलमा सरुवा हुनुभएको छ । रासस
Post a Comment