
बेलुका ५ बजे सुरु भएको आगोलाई इटहरी, धरान, विराटनगर, इनरुवालगायतका दमकलले नियन्त्रण गर्ने प्रयास जारी रहेको छ । आगोको मुस्लो र धुँवा नियन्त्रण बाहिर छ । आज बिहीबार इटहरीका बजार बन्द हुने भएकाले मानवीय क्षति भने भएको छैन ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले आसपासमा आगो फैलन नदिन नजिकका घरका सिसा फुटाइरहेका छन् । आसपासका पसलबाट लत्ताकपडा अन्तै सार्ने काम भइरहेको छ । सो क्षेत्रमा हजारौँको सङ्ख्यामा सर्वसाधारणको भीड रहेको छ ।
सो आसपासमा चल्ने सवारीका साधनलाई रोक लगाइएको छ ।
आगलागी जारी रहेकोले क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।
Post a Comment