Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राेमान्स गर्न नमानेपछि किशाेरीमाथी छुरा प्रहार

उदयपुर, फाल्गुन ६ गते । उदयपुरमा एक बालकको छुरा प्रहारबाट दुई बालिका घाइते भएका छन् । आफुले बोलाएको ठाउँमा जान नमानेपछि मंगलबार राति एक बालकले आफ्नी प्रेमिका माथि छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरेका थिए ।

hy

स्थानीय एक व्यक्तिले लगाएको पुराणमा सहभागि भएकी पञ्चावती–४ की १७ बर्षीया फूलकुमारी राना मगर र सोही ठाउँ बस्ने १४ बर्षीया टिका मगरलाई भुट्टार गाबिस–८ का १५ बर्षीय बालक पूर्णबहादुर सार्कीले छुरा प्रहार गरेको प्रहरीले जनाएकाे छ ।

पुराण सकिए लगत्तै अन्यत्र जाउँभन्दा नमानेपछि आरोपितले कोठाभित्र सुतेका बालिकामाथि आक्रमण गरेको जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए । स्थानीय रुद्रबहादुर खत्रीका अनुसार वाहिरबाट चुक्कुल लगाई आरोपित झ्याल फुटाएर कोठाभित्र छिरेका थिए ।

कोठाभित्र छिर्न साथ उनले मलाई धोका दिएर अर्कैलाई रोजिस हैन् अब तलाई बाकीँ राख्दिन भन्दै फूलकुमारी माथि आक्रमण गरेको र वचाउन खोज्दा टिकामाथि आक्रमण भएको स्थानीयलाई उदृत गर्दै एसपी केसीले बताए ।

छुरा प्रहारबाट फूलकुमारीको छातीको पछाडी कुमको भागमा चोट लागेको छ भने टिकाको खुट्टामा चोट लागेको छ । घाईते फूलकुमारीलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकाछन् भने सामान्य घाईते सिताको स्थानीय क्लिनीकमा प्राथामिक उपचारपछि घर फर्किएकीछिन् । प्रहरीले छुरा प्रहार गरी फरार भएका नैनबहादुरलाई खोजी कार्य जारी राखेको बताएको छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget