Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पूर्वमन्त्री माथि आक्रमण

सिरहा , फाल्गुन ८ गते । पूर्वमन्त्री तथा एकीकृत नेकपा माओवादीका २ नं प्रदेश इन्चार्ज विश्वनाथ साहसहितका एमाओवादी नेता कार्यकर्तामाथि हिजो पूर्वमन्त्री माथि आक्रमण  सिरहाको मझौलियाँमा आक्रमण भएको छ ।

vi

सिरहास्थित एमाओवादीका केन्द्रीय परिषद् सदस्य फुलगेन नायकको घरबाट गाडीमा फर्कंदै गर्दा सिरहाको मझौलियाँ–५ मा एक समूहले आक्रमण गरेको इन्चार्ज साहले जानकारी दिनुभयो । गत फागुन ३ गते नेपाली काँग्रेसका नेता एवम् सांसद गणेश मण्डल र एमाओवादीका नेता फुलगेन नायकबीच भएको विवाद सम्बन्धमा जानकारी लिन नायकको घर गएको र फर्किने क्रममा आफूहरुमाथि आक्रमण भएको साहको भनाइ छ ।

उक्त समूहको आक्रमणबाट पूर्वमन्त्री साह सामान्य घाइते हुनुभएको छ भने उहाँकै गाडीमा सवार एमाओवादीका नेता उपेन्द्र साह गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते हुनुभएका उपेन्द्र साहलाई उपचारका लागि तत्कालै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पूर्वमन्त्री साहले जानकारी दिनुभयो । आक्रमणबाट नेता साह सवार गाडीको सिसा फुटेको छ ।

करिब ५०÷६० जनाको समूहमा आएका धेरैले नकाव लगाएकाले अधिकांशलाई चिन्न नसकेको साहले बताउनुभयो । घटनामा स्थानीय प्रहरी प्रशासन तथा काँग्रेसको मिलेमतो रहेको उहाँको आरोप छ । यता इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । रासस

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget