
सिंहदरबारमा अपराहन बसेको बैठक संयन्त्रको कार्यविधिमै अडकेपछि अनिर्णीत भएको हो । संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यदल बैठक औपचारिकतामै सीमित हुन पुगेकोप्रति कटाक्ष गर्दै भने, ‘कार्यदल बैठक राजनीतिक संयन्त्र बनाउनभन्दा पनि प्रधानमन्त्रीको दिल्ली भ्रमणको भिसा लगाउन आयोजना गरेजस्तो लाग्यो, खास मुद्दामा उहाँहरू गम्भीर देखिनुभएन ।’ संविधान निर्माण र संशोधन एकतर्फी गरेझैं संयन्त्र पनि एकतर्फी बनाइए त्यसबाट समाधान नआउने उनले बताए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने कार्यविधिमा अझै पनि मोर्चाले आफ्नो अडान यथावत् राखेकाले कार्यदल स्तरमा सहमति हुन नसकेको बताए । मन्त्रिपरिषद्बाट यसबारे उपयुक्त निर्णय हुन सक्ने उनले संकेत गरे ।
Post a Comment