काठमाडौं- पहिलो र दोस्रो रोजाइ फोटोग्राफी र रगंमञ्च अनि दोस्रो र चौथो कोरियोग्राफी र हलिउड हिरो ।आफ्ना चाहना पूरा गर्न सुशील कोइरालाले २०१६ सालअगाडि बनारसमा नृत्य र फोटोग्राफी प्रशिक्षणसमेत लिएका थिए।
आफ्नो सपना पूरा गर्न अमेरिका जाने अन्तिम तयारीमा रहेका बेला नेपालमा भएको राजनीतिक परिवर्तनले उनको यात्रा बदलिदियो ।
कोइराला हलिउडको हिरो बन्न त सकेनन् तर बाध्यात्मक परिस्थितिले धकेलेको राजनीतिक यात्रामा भने उनी पार्टी सभापति र प्रधानमन्त्री हुँदै संविधानसभामार्फत नेपालको संविधान जारी गराउने राजनीतिक हिरो बने ।
२०१७ साल पुस १ मा जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सरकार अपदस्त गर्दै तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था लादेपछि कोइराला कलायात्राबाट राजनीतिक यात्रामा मोडिएका थिए ।
हलिउडमा छिर्न अमेरिका जाने सबै तयारी सकेर बसेका कोइराला राजनीतिक परिवतनसँगै रोकिए । कोइराला परिवारका सदस्य भएकाले तत्कालीन सरकारले उनलाई विदेश भ्रमणमा रोक लगायो ।
'महेन्द्रको राजनीतिक कु दुई महिनापछि मात्रै भएको भए म अमेरिका पुगिसकेको हुन्थेँ,' एक भेटमा यो संवाददातासँग कोइरालाले भनेका थिए, 'तर म यतै रोकिएँ ।'
व्यापार गर्न सिन्धुलीको दुम्जाबाट मोरङको रंगेली झरेका कृष्णप्रसाद कोइरालासँगै सुशीलको परिवार मोरङ आइपुगेको थियो । डिएफओको जागिरे सिलसिलामा पिता बोधप्रसाद नेपालगन्ज पुगे, बुबासँगै उनी पनि ।
बिपी, गिरिजाप्रसाद कोइरालाको भाइका रुपमा सुशीललाई कांग्रेसका नेता तथा कार्यकर्ताले हेर्ने गरेका छन् । बिपी र सुशीलबीचको पारिवारिक सम्बन्ध सुशीलकी आमा बिपी÷जिपीकी सानीआमा हुन् ।
कोइराला सिंगो परिवार लोकतान्त्रिक आन्दोलनमा होमिएका बेला सुशील त्यसबाट टाढा रहने अवस्था भएन । महेन्द्रको कुसँगै बिपी कोइरालासहित कांग्रेसका शीर्ष नेता पक्राउ परेपछि बिपीको परिवारको संरक्षण गर्ने जिम्मेवारी सुशीलको काँधमा आयो । परिवारको सहयोगीको भूमिका निर्वाह गर्दागर्दै उनी लोकतान्त्रिक आन्दोलनमा समेत होमिए । पछि, उनी भारत निर्वासनमा रहेका नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति बिपी कोइरालाको सहयोगीका रूपमा सक्रिय हुँदा पक्राउ परेर जेलसमेत पुगे ।
भारतको पटनामा पार्टीको सम्मेलनपछि पार्टीका कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईले उनलाई २०४५ मा पार्टी केन्द्रीय समितिमा मनोनीत गरेका थिए । २०३६ को बहुदलीय पक्षको प्रचारमा सहभागी हुँदै राजनीतिमा सक्रिय भएका उनी २०४८ को झापा महाधिवेशन र २०५९ को केन्द्रीय समिति पुनर्गठनमा मनोनीत केन्द्रीय सदस्य, २०५३ को काठमाडौं महाधिवेशनमा मध्यपश्चिमबाट केन्द्रीय समितिमा निर्वाचित, २०५५ असोज २० मा उपासभापति मनोनीत, २०५६ साउन १० गते महामन्त्री मनोनीत, २०५७ को पोखरा महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित, २०५७ जेठ १७ गते महामन्त्रीमा मनोनीत हुँदै उनी ११औं महाधिवेशनमा पुनः केन्द्रीय सदस्य निर्वाचित भएलगत्तै उपसभापतिमा मनोनीत भएका थिए ।
२०४६ को राजनीतिक परिवर्तनपछि भएको निर्वाचनमा २०५१ को मध्यावधि र २०६४ मा भएको संविधानसभा निर्वाचनबाहेक सबैमा उनी बाँकेबाट विजयी भएका थिए । २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी बाँके र चितवनबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
बदलिँदो राजनीतिक घटनाक्रमसँगै नेपाली कांग्रेस प्रजातान्त्रिकसँग २०६४ असोजमा पार्टी एकीकरणपछि कार्यबाहक सभापतिको जिम्मेवारीमा पुगेका कोइराला २०६८ असोज ५ मा सम्पन्न १२औं महाधिवेशनमा शेरबहादुर देउवालाई पराजित गरी पार्टी नेतृत्वमा पुगेका थिए ।
सभापतिको जिम्मेवारीमा नपुगेसम्म जुन पदमा रहे पनि उनी प्रारम्भमा बिपी, पछि गिरिजाप्रसाद कोइरालाको मुख्य सहयोगीको भूमिकामा रहे । पटक–पटक पार्टीले सत्ताको नेतृत्व गर्दा उनी भने लाभको कुनै पदमा गएनन् ।
रणनीति निर्माणमा रमाउने उनको स्वभावका कारण आलोचकहरु भने 'कोठेराजनीति' मा रमाउने नेताको सूचीमा राख्थे । गिरिजाप्रसाद कोइरालाको निधनसँगै उनी पार्टी नेतृत्वको भूमिकामा आए ।
बाहौं महाधिवेशनमार्फत पार्टीको कमान्ड सम्हालेका सुशीलमाथि नेतृत्व गर्न नसकेको, सानो घेरामा रमाएको जस्ता आक्षेप लागी नै रहे । तर, उनकै नेतृत्वकालमा दोस्रो स्थानमा खुम्चिएको पार्टी पहिलो स्थानमा पुग्यो, एमालेको सहयोग लिँदै सरकारको नेतृत्व गर्दै सकसका साथ संविधानसभाबाट संविधान जारी गराउन सफल भए ।
लोकतन्त्रप्रतिको उनको निष्ठा र लगावप्रति भने उनका विरोधीसमेत प्रशंसक छन् । २०७० माघ २७ गते प्रधानमन्त्रीका रुपमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरण 'तीन मोबाइल' ले अन्तर्राष्ट्रिय सञ्चार माध्यमको ध्यान तानेको थियो । २०७२ असोज ३ गते संविधानसभा मार्फत संविधान जारी गराएर नेतृत्व लिएसँगै प्रधानमन्त्रीको कार्यभार उनले सफलतासाथ पूरा गरे ।
प्रधानमन्त्रीका रुपमा महाराजगन्जको डेराबाट बालुवाटारस्थित सरकारी निवास सरेका उनी त्यहाँबाट बाहिरिँदा बिपीपुत्र सशांकको घरमा पुगे ।
पार्टीको १३औं महाविधेशनको तयारीमा जुटेका सरल नेता सुशीलले मंगलबार बिहान १२:५० मा यस धर्तीबाट सधैँका लागि बिदा लिए ।

Post a Comment