
माओवादीको उपत्यका समितिले शुक्रबार आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ मा अध्यक्ष वैद्यले एकताका लागि पहिले विचार मिल्नुपर्नेमा जोड दिए ।
उनले भने, 'एक हप्ताभित्र माओवादीको एकता हुँदैछ भन्ने प्रचारबाजी हप्तैपिच्छे सुनिन्छ । पार्टी एकता भन्दैमा भइहाल्ने होइन ।' उनले एकता कसैलाई प्रधानमन्त्री बनाउनका लागि नभई जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यमा आधारित हुनुपर्ने पार्टीको धारणा रहेको पनि स्पष्ट पारे ।
कार्यक्रममा माओवादीका नेता परी थापाले कम्युनिष्ट कार्यकर्ताले कम्युनिष्ट सिद्धान्त, विचार र आचरणलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । उनले पार्टी कार्यक्रम, योजना र सिद्धान्तबारे कार्यकर्तालाई सुसूचित गर्न प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए ।
माओवादीले फागुन १४ देखि २१ गतेसम्मलाई विविध कार्यक्रम गरी सहिद सप्ताहको रुपमा मनाउने परम्परा अनुरुप शुक्रबारदेखि प्रशिक्षण कार्यक्रम सुरु गरेको जनाएको छ ।
Post a Comment