Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

दलित महिला संग सामुहिक बलात्कार

रौतहट, माघ १८ गते  । स्थानीय विश्रामपुर गाविसकी एक दलित महिलालाई आज एक समूहले सामूहिक बलात्कार गरेको छ ।
gangrep
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार पीडित ती महिलालाई उद्वार गरी गरुडास्थित महिला सेलमा राखिएको छ ।

पाँच–छ जनाको समूहमा आएको सो समूहले राति करिब १ बजे घरभित्र पसी उनका श्रीमानलाई बाँधेर उनलाई करिब एक किलोमिटर परको परालको कुन्युमा लगी सामूहिक बलात्कार गरेको बताइएको छ ।

घटना भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले ती पीडितलाई उद्धार गरेको थियो । मोटरसाइकलमा आएको समूहले उक्त घट्ना गराएको हुनसक्ने छिमेकीले बताएका छन् ।

रातको समयमा घटना भएकाले हालसम्म पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन । रक्ताम्मे अवस्थामा उद्धार गरिएको ती महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget