
- ठमेलको एक होटेलमा एमाओवादी मन्त्रीसहित बसेको स्थायी समिति बैठक । तस्वीर सौजन्य: प्रचण्डको सचिवालय
१३ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको काम सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । सरकारमा सहभागी एमाओवादीका मन्त्रीहरुले पनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् ।
मन्त्रीहरुको काम कारवाहीको समिक्षा गर्न मन्त्रीहरुसहित एमाओवादी स्थायी समितिको बैठक दुई दिनयता जारी छ । बुधबार विहान ठमेलको एक होटेलमा बसेको बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीहरुको काम सन्तोषजनक नभएको बताए । तर, तत्काल मन्त्रीहरुलाई सरकारबाट फिर्ता नबोलाउने उनले स्पष्ट पारे ।
सरकारमा एमाओवादीका तर्फबाट उर्जामन्त्री टोपबहादुर रायमाझी, कृषिमन्त्री हरिबोल गजुरेल, वनमन्त्री अग्नि सापकोटा, गृहमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणी पोख्रेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र सिचाइामन्त्री उमेश यादव छन् ।
श्रेष्ठका अनुसार अझै ३ जना मन्त्रीहरुले बोल्न बाँकी रहेकाले बैठक बिहीबार बिहान पनि बस्नेछ । सबैले बोलिसकेपछि पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठले आवश्यक निर्देशन दिने उनले जानकारी दिए ।uf
Post a Comment
Bharat Dahal liked this on Facebook.
Karna Kc liked this on Facebook.
Aago Pati liked this on Facebook.
Roshan Adhikaree liked this on Facebook.
Samir Magar liked this on Facebook.
Sumnima Rai liked this on Facebook.