प्रहरीमा पुगे ।

नगद र सुन गुमेपछि श्रीमान् प्रहरीमा– ललितपुरका दिनेश शाही पनि श्रीमतीबाट अन्याय भएको भन्दै प्रहरीमा उजुरी लिएर जान बाध्य भए । तीन लाख ५० हजार नगद र साढे दुई तोला सुनसमेत लिएर हिँडेपछि उनी उजुरी लिएर प्रहरीमा पुगे । महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले श्रीमतीलाई बोलाएर छलफल गरायो र मिलापत्र भयो ।
आफैँदेखि बच्चा पिटिएकोसम्म उजुरी– सिनामंगल बस्ने भारतीय नागरिक मुन्ना मालमले श्रीमतीले सधैँ आफूलाई कुटपिट गरेको भन्दै उजुरी दिएका छन् । नरेश शाहीले सम्बन्धविच्छेद भइसकेकी श्रीमती घरमा आएर आफ्नो बच्चालाई सधैँ यातना दिने गरेको भन्दै उजुरी दिएका छन् ।
सातामा एक उजुरी श्रीमतीपीडितको–पुरुषविरुद्धको हिंसाका उजुरी गर्ने प्रवृत्ति बढेसँगै काठमाडौंमा महिलाविरुद्ध पुरुषका उजुरी पनि बढेका छन् । हरेक साताजसो एक श्रीमान् श्रीमतीविरुद्ध उजुरी लिएर प्रहरीकोमा पुग्ने गरेका छन् । प्रहरीको काठमाडौं, ललितपुर र भक्तपुरका महिला तथा बालबालिका सेवा केन्द्रमा पनि पुरुषले श्रीमतीविरुद्ध उजुरी गर्न थालेका छन् । अघिल्लो वर्षमा भन्दा पुरुषका उजुरी यस वर्ष बढेको प्रहरीले जनाएको छ ।
साउनदेखि पुससम्म २३ उजुरी– महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीकी प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्दका अनुसार साउनदेखि पुससम्म २३ जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै उजुरी गरेका छन् । ‘धेरैजसो विवाहत्तोर सम्बन्धसम्बन्धी हुन्छन्,’ इन्स्पेक्टर चन्द भन्छिन्, ‘श्रीमतीले यातना दिएको, सम्पत्ति लिएर गएकोजस्ता उजुरी पर्ने गरेका छन् ।’
श्रीमान् विदेश हुँदा श्रीमती अन्तै– प्रहरीका अनुसार श्रीमतीपीडितका घटनामध्ये केही वैदेशिक रोजगारीले निम्त्याएका घटना छन् । श्रीमान् विदेश जाँदा श्रीमतीको अरूसँग सम्बन्ध हुने र सम्पत्तिसमेत लिएर जाने गरेका घटना प्रहरीमा पुग्छन् ।
उजुरी श्रीमतीको पीडित श्रीमान्–कतिपय घटनामा श्रीमान्बाट पीडित भएँ भनेर महिलाले उजुरी गर्ने, तर अनुसन्धान गर्दा श्रीमान् नै पीडित भएको खुल्ने गरेको इन्स्पेक्टर पूर्णिमा चन्दले बताइन् । तर, ८० प्रतिशत घटनामा श्रीमानन कै दोष हुने उनको भनाइ छ । महिलाले श्रीमान्को अन्य युवतीसँगको सम्बन्ध, मदिरा सेवन, कुटपिट, घरमा नआउनेजस्ता विषयमा उजुरी गर्ने प्रहरीले जनाएको छ ।
९० प्रतिशत उजुरीमा मिलापत्र–प्रहरीमा आउने ९० प्रतिशत घरेलु हिंसाका घटना मिलापत्रमा टुंगिने गरेका छन् । साउनयता ६ महिनामा महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा मात्र तीन सय २० वटा उजुरी परेका थिए । तीमध्ये १६५ वटामा मिलापत्र भएको छ भने १८ वटा अदालत पुगेका छन् ।
सकेसम्म मिलापत्र गराउँछ प्रहरी– मुद्दा दर्ता भएको २४ दिनसम्म प्रहरीले श्रीमान्–श्रीमतीबीच छलफलबाटै सहमति गराउन सक्छ । सहमति हुन नसके मुद्दा दायर हुने गरेको छ । अन्य फौजदारी मुद्दामा जस्तो प्रतिवादीलाई पक्राउ गरी मुद्दा दायर हुँदैन । सजाय पनि बढीमा ६ महिना कैद मात्र हुन्छ ।
वर्षमा लैंगिक हिंसाका आठ हजार उजुरी– आव ०७१र७२ मा देशभर लैंगिक हिंसाका आठ हजार दुई सय ६८ उजुरी परेका थिए । ०६९र७० मा एक हजार आठ सय उजुरी परेकामा ०७०र७१ मा ६ हजार आठ सय ३५ उजुरी परेको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट
Post a Comment
Tribhushan Giri liked this on Facebook.
Bharat Dahal liked this on Facebook.
Nepali Congress Morang liked this on Facebook.
Sabin Jang Niroula liked this on Facebook.
Aago Pati liked this on Facebook.
So N Ya liked this on Facebook.
Madan Tara Safal liked this on Facebook.
Gyanendra Khatri liked this on Facebook.
Ramesh Bhandari liked this on Facebook.
Ganga Kafle liked this on Facebook.
Bna Atri liked this on Facebook.
Aakash Subba liked this on Facebook.
Dinanath Khattiwada liked this on Facebook.
Binod Pokhrel liked this on Facebook.
Madan Ghimire liked this on Facebook.
Surya Subba liked this on Facebook.
Painful LN Giri liked this on Facebook.
MaNju MaGar liked this on Facebook.
बिग्रेको मान्छेको कान्छो भाई liked this on Facebook.
ढाउखिमकान्छा उन्का liked this on Facebook.