
, एजेन्सी ।
शताब्दीऔं पुरानो हिन्दु मुर्तिको शिर १ सय ३० बर्ष पछि फिर्ता पाएपछि कम्बोडियामा खुशी छाएको छ । फ्रान्सेली उपनिवेशका समयमा लगिएको सो ऐतिहासिक हिन्दु मुर्तिको शिर फ्रान्सले फिर्ता गरेपछि कम्बोडियाली खुशी भएका हुन् ।
फ्रान्सले मुर्तिको शिर फिर्ता पठाएपछि शरिर मात्र भएको मुर्तिमा शिर जोडिएको छ । कम्बोडियाको संस्कृति मन्त्रालयका प्रवक्ताले सो हिन्दु मुर्तिको शिर आफ्नो देशमा ल्याएर पुर्ण कदको शिर बनाउँदा राष्ट्रिय सम्पदामा आत्मा जोडिएको भान हुने बताउनुभयो । कम्बोडियाका उपप्रधानमन्त्री सोक यानले पुर्नमिलन हुनु भनेको समृद्धिको संकेत भएको बताउनुभयो ।
कम्बोडियाको आग्रहमा शताब्दिऔं पुरानो मुर्ति फ्रान्सले फिर्ता दिएको हो । हिन्दु धर्मसंग सम्बन्धित देवता विष्णु, शिवको प्रतिमाका रुपमा सो मुर्तिलाई लिइएको छ ।
यसअघि, सो मुर्तिको शिर फ्रान्सले लानु अघि कम्बोडियाको दक्षिणी टेको प्रान्त स्थित फेनोम दा मन्दिरमा पुर्ण कदको मुर्ति रहेको थियो । पछिल्लो समय विभिन्न देशले लगेका आफ्ना पुरात्तात्विक वस्तु कम्बोडियाले फिर्ता गराउदै आएको छ । विगत तीन बर्षमा मात्र अमेरिकी संग्रालय र नर्वे बाट विभिन्न आफ्ना मुर्तिहरु कम्बोडियाले फिर्ता लिएको छ ।
Post a Comment
Aago Pati liked this on Facebook.
Manik Bista liked this on Facebook.
Chi Ran liked this on Facebook.
Arr Zoon Guragain liked this on Facebook.
Paudel Uddav Paudel liked this on Facebook.
Bishal Karki liked this on Facebook.
Bharat Dahal liked this on Facebook.
गुल्लू राई liked this on Facebook.