Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आफ्नै कारण सकिँदै छ मानव जाति : हकिङ

माघ ६, काठमाडौं ।




स्व–सिर्जित खतरा शृंखलाका कारण मानवजाति नै जोखिममा परेको चर्चित वैज्ञानिक स्टेफन हकिङले बताएका छन् ।

उनले आणविक युद्ध, जलवायु परिवर्तन र आणुवांशिक रूपले सिर्जित भाइरसलाई मुख्य खतरा भनेर खुट्याएका छन् । र, उनको भनाइमा विज्ञान तथा प्रविधिका क्षेत्रमा हुने नयाँ परिवर्तनले यो जोखिमलाई बढाउने नयाँ बाटाहरू खोल्दै जानेछन् ।

प्राध्यापक हकिङ यसपटकको ‘बीबीसी रिथ लेक्चर’ दिँदै छन्, जसले ‘ब्ल्याक होल’ माथिको अनुसन्धानमाथि प्रकाश पार्नेछ । श्रोतागणको प्रश्नहरूको जवाफमा उनले यस्तो धारणा राखेका हुन् ।  अन्तत: अरू नै विश्वमा मानव बसाइ स्थापित गरेको खण्डमा मानवजाति जोगिन सक्ने हकिङको विचार छ । ‘कुनै निश्चित सालमा पृथ्वीमाथि महाविपत्ति आउने भन्ने सम्भावना कम हुन्छ । समय क्रमसँगै खतरा बढ्दै जान्छ । तर अर्को हजार वा १० हजार वर्षमा यो विनाश पक्का छ,’ उनले भने ।

‘त्यतिखेरसम्म हामीले अन्तरिक्षमा फैलिसक्नुपर्छ । अन्य कुनै तारामा ताकि पृथ्वीमा हुने विपत्तिले मानव जातिको अन्त्य नगरोस्,’ उनले भने । ‘तर अर्को केही सय वर्षसम्म हामीले अन्तरिक्षमा दिगो मानव बसाइ स्थापना गर्न सक्ने देखिन्न । त्यस कारण हामी यस अवधिमा चनाखो हुन जरुरी छ ।’

समकालीन समयका सबैभन्दा ठूलो वैज्ञानिक व्यक्तित्वले वैज्ञानिक विकासलाई नै नयाँ संकटको मुख्य कारण देखाउनु आफैंमा रोचक छ ।

अघिल्ला अवसरहरूमा उनले कृत्रिम सूचना (आर्टिफिसियल इन्टेलिजेन्स) लाई मानव जाति समाप्त पार्न सक्ने चिजका रूपमा प्रस्तुत गरेको थिए । तर, हकिङ संकटसँग लड्ने उपायहरूचाहिँ रहेको उल्लेख गर्छन् ।

‘हामी प्रगति रोक्नेवाला छैनौं । यसलाई उल्टयाउन पनि सक्दैनौं । तर हामी खतरा पहिचान गरेर नियन्त्रण गर्न सक्छौं । म आशावादी छु कि हामी त्यसो गर्न सक्छौं,’ उनले भने ।

युवा वैज्ञानिकहरूलाई सल्लाह दिने क्रममा प्राध्यापक हकिङले उनीहरू ‘हाम्रो विशाल र जटिल’ ब्रह्माण्डका विषयमा विस्मयभूत भइरहनुपर्ने बताए । ‘मेरो विचारमा यतिखेर जीवित रही सैद्धान्तिक भौतिक विज्ञानमाथि अनुसन्धान गरिरहन पाउनु सौभाग्यको कुरा हो ।

यति बेला ‘युरेका’ भन्नुपर्ने अवस्था छैन,’ उनले भने । उनले आगामी अनुसन्धानकर्मी पिँढीहरूले वैज्ञानिक र प्राविधिक प्रगतिका कारण कसरी संसार परिवर्तन भइरहेको छ भन्ने बुझ्न जरुरी रहेको बताए ।

‘यी परिवर्तनहरू सही दिशामा अघि बढिरहेको निश्चित गर्नुपर्छ । एउटा प्रजातान्त्रिक समाजमा हरेक मानिसले विज्ञानबारे आधारभूत ज्ञान राख्नु जरुरी छ । ताकि भविष्यबारे राम्रो निर्णय गर्न मुद्दत पुगोस्,’ उनले भने, ‘त्यस कारण विज्ञानका क्षेत्रमा आफू के गरिरहेको छु भन्ने प्रष्ट भन्नुपर्छ ताकि तपाईं नै यसबारे अन्तत: बुझ्न सफल हुनुहुनेछ ।’

मोटर न्युरोन रोग देखिएयता हकिङले आफ्नो अपांगतालाई जित्न कठोर अठोट देखाउँदै आएका छन् । यसको विश्वभर प्रशंसासमेत हुँदै आएको छ । उनी आफ्नी पत्रकार तथा लेखक छोरी लुसीसँग मिलेर बालबालिकाका लागि विज्ञानका पुस्तकहरू लेखिरहेका छन् ।

‘उनी एकदमै जिद्दी छन् । उनी जति पनि काम गरिराख्न, आफ्नो ज्ञान पोखिराख्न प्रतिबद्ध छन्,’ लुसीले भनिन् ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget