Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कांग्रेस नेता महत उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्रदान

resize_image

लण्डन ।
पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई बेलायतको दि बैंकर पत्रिकाले उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्रदान गरेको छ ।

फाइनान्सियल टाइम्सको कार्यालय लन्डनमा गएराती आयोजित एक समारोहबीच सो पत्रिकाका सम्पादक ब्रायन क्याप्लेनले महतलाई ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर २०१६’ अवार्डले सम्मान गर्नुभयो । कार्यक्रममा सम्पादक क्याप्लेनले नेपालमा गत वर्षको भूकम्पपछि मानवीय तथा वैदेशिक सहायता जुटाउन तत्कालिन अर्थमन्त्री महतले खेलेको भूमिकाको सम्मान गर्दै पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

अवार्ड ग्रहण गरेपछि महतले यो राष्ट्रिय सम्मान भएको भन्दै यसले आफुलाई देशको पुनर्निर्माण र आर्थिक समृद्धिमा काम गर्न थप प्रेरित गरेको बताउनुभयो । मुलुकको अर्थनीति सही दिश उन्मुख भएको चर्चा गर्दै महतले राजनीतिक अस्थिरता आर्थिक समृद्धिको बाधक रहेको बताउनुभयो । उहाँले अब देशमा सुरक्षाको प्रत्याभूतिसहित आर्थिक विकासरुपी राजनीति आवश्यक रहेकोमा जोड दिनुभयो ।

सो अवसरमा कांग्रेस नेता समेत रहेका महतले आफु अर्थमन्त्रीबाट निस्कदा राज्यकोषमा ८० अर्ब रुपैयाँ बचत रहेको जानकारी दिदै अन्तराष्ट्रिय ऋण सवैभन्दा न्युन रहेको बताउनुभएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget