प्रमुख तीन दल र मधसी मोर्चाको कार्यदलले आज पनि छलफललाई निरन्तरता दिने भएको छ । सिंहदरबारमा दिउँसो तीन बजे बस्ने बैठकमा सीमांकन हेरफेरका लागि गठन गर्ने भनिएको राजनीतिक संयन्त्रको कार्यक्षेत्रका विषय र मोर्चाका अन्य मागबारे छलफल हुनेछ ।
कार्यदल बैठक अघि तीन दलबाट कार्यदलमा प्रतिनिधित्व गरेका नेताहरुले पहिले आन्तरिक छलफल गरेपछि संयुक्तरुपमा कार्यदलको बैठक बस्नेछ । हिजोको बैठकमा सहमति नजुटेपछि प्रमुख दलका तर्फबाट कार्यदलमा रहेका नेताहरुले प्रस्तावित कार्यक्षेत्र परिमार्जनका विषयमा शीर्ष नेतासँग छलफल गर्न भन्दै समय मागेका थिए ।
तीन दलका नेताहरुले संयन्त्रलाई संविधानको अनुसूचीमा राखेर वैधानिकता दिन सकिने प्रस्ताव गरेका छन् भने मोर्चाका नेताहरुलाई संयन्त्रलाई पनि संविधानको धारामै राखेर वैधानिक हैसियत दिनु पर्ने अडानमा छन् ।
Post a Comment
Ko madisi ko pahadi kina k ko ladai yo sima ma matra ladee garau kalo goro ko
Bharat Dahal liked this on Facebook.
Oli budo lai sodhnu yo kura maila baje 😅😅