काँकडभिट्टा (झापा), २१ पुस । अर्जुनधारा जलेश्वर धामको मूल मन्दिरमा तामाको छानो लगाउने लक्ष्यका साथ सञ्चालित अभियानबाट १५ क्विन्टल तामाका भाँडाकुँडा सङ्कलन भएको छ ।

पन्ध्र दिनदेखि मन्दिरमा तामा सङ्कलन अभियान चलाइएको थियो । हालसम्ममा १५ क्विन्टल तामाका भाँडाकुँडा र तामा किन्नका लागि रु पाँच लाख नगद सहयोग प्राप्त भएको तामा सङ्कलन समितिका सदस्य भीमचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
मन्दिरमा छाना लगाउन ४० क्विन्टल तामा चाहिने र दाताहरूले तामा सहयोग दिने क्रम जारी रहेको धाम समितिकी उपाध्यक्ष चन्द्रकला भण्डारीले बताउनुभयो ।
Post a Comment