Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तराई–मधेसको समस्या राजनीतिक सम्बोधनबाटै समाधान हुन्छ–ओली

काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको समस्या राजनीतिक सम्बोधनबाटै समाधान हुने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितको टोलीसँगको भेटमा उहाँले तराई–मधेसमा भइरहेको आन्दोलन राजनीतिक तहबाटै समाधान गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आयोगले बेलाबेलामा गरेका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै आयोगलाई आगामी दिनमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो ।

भूकम्पपीडितको आवासको अधिकार, द्वन्द्वपीडितको न्याय प्राप्तिको अधिकार, महिला अधिकारको संरक्षण सरकारको प्राथमिकतामा रहने उल्लेख गर्दै उहाँले त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ग्रामीण तहसम्मको सचेतना अभिवृद्धि गराउन आयोग सक्रिय रहनुपर्ने र त्यसबाट मानवअधिकारको संस्कृति विकास गराउन पनि आग्रह गर्नुुभयो ।

आयोगले लामो समयदेखि तराई मधेसमा जारी आन्दोलनको क्रममा सर्वसाधारण तथा सुरक्षाकर्मीको हत्या भएको तथा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार हनन भएकाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

अध्यक्ष अनुपराज शर्माले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आयोगले छुट्टाछुट्टै छलफल गरी मानवअधिकारको संरक्षणका लागि कार्य गरिरहेको जानकारी गराउँदै तराई मधेस आन्दोलनलाई कुनै पनि हालतमा लम्बाउन नहुने धारणा राख्नुभयो ।

उहाँले देशमा मानवअधिकारको वर्तमान स्थिति, तराई मधेस केन्द्रित आन्दोलन, भूकम्पपीडितको अवस्था नाजुक रहेको, लामो समयको आन्दोलनबाट आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारमा परेको असर, मानवअधिकार राष्ट्रिय कार्ययोजनाको प्रभावकारितालगायतको विषयमा जानकारी गराउनुभयो ।
Labels:

Post a Comment

बिबश बिम्बित छेत्री liked this on Facebook.

Irah Lahad liked this on Facebook.

Aago Pati liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget