Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संसदमा संविधान संशोधन प्रस्ताव प्रस्तुत

काठमाडौँ, ८ पुस । मधेसवादी दलको विरोधका बाबजुद पनि व्यवस्थापिका–संसद्को आजको बैठकमा संविधान संशोधनको प्रस्तावले प्रवेश पाएकोे छ ।

संविधानमा मधेसी मोर्चाले राखेका मागका विषयमा सहमति जुटाउन पाँच दिनसम्मको प्रयास असफल भएपछि आज प्रारम्भ भएको बैठकमा मधेसवादी दलले सुरुदेखि अन्त्यसम्म विरोध जनाएका थिए ।

विरोधका बाबजुद कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलका तर्फबाट उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सभामुख ओनसरी घर्तीमगरले उक्त प्रस्तावमा यही पुस १२ गते आइतबारबाट छलफल प्रारम्भ गरिने जानकारी दिनुभयो ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले ‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२’ प्रस्तुत गर्नुभएको थियो भने महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ पेस गर्नुभएको थियो ।

बैठकमा सभामुख घर्तीमगरले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन, २०२७ को प्रमाणीकरणसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुका साथै सांसद नारायणप्रकाश साउदलाई सुशासन अनुगमन समिति र सांसद सुनिलबहादुर थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग समितिमा राखिएको जानकारी दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget