Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

लिङ्ग उत्तेजित तथा वीर्य स्खलन कसरी हुन्छ ? (video)

eaf0cf1ee4fbfa717d5f335cabaf90a6

लिङ्गमा रगत भरिएर कडा भएपछि उत्तेजित अर्थात ठाडो हुन्छ । यौन वासना सम्बन्धी विचार वा मनोभावले अथवा शरीरको संवेदनशील भागमा छुँदा अथवा सुम्सुम्याउँदा लिङ्ग उत्तेजित हुन्छ । लिङ्ग उत्तेजित भएर यौन क्रियाकलापमा संलग्न हुदाँ यौन उत्तजना चरम बिन्दुमा पुग्छ र यौन उत्तेजना चरम विन्दुमा पुगेपछि वीर्य स्खलनको प्रक्रिया शुरु हुन्छ । यसै अवस्थामा ईपिडीडाइमिसबाट शुक्रकिट निस्कन्छन् र शुक्रबाहिनी नली भएर वीर्यको थैलीमा पुगी वीर्यसंग मिसिन्छन् ।

त्यसपछि मांसपेशीको आनन्ददायी संकुचन हुन्छ, जसलाई चरम सुख भनिन्छ र लिङ्गबाट जोडले वीर्य बाहिर निस्कन्छ । वीर्य स्खलन हुनुभन्दा पहिले काउपर ग्रन्थीबाट निस्कने तरल पदार्थ लिङ्गबाट बाहिर निस्किन्छ र यसमा शुक्रकीट अथवा एच.आई.भी. का किटाणु मिसिएका हुन सक्छन् । त्यसकारण पुरुषले वीर्य स्खलन नगरेरै पनि महिलालाई गर्भवती बनाउन अथवा एच.आई.भी. तथा अन्य यौनरोगहरु सार्न सक्छन् ।

-प्रजनन स्वास्थ्यमा पुरुषको सहभागिता पुस्तकबाट

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget