
महिनावारी हुँदा प्रत्येक मासिक चक्रभन्दा अगाडि हर्मोनको मात्रामा आउने परिवर्तनले गर्दा पाठेघरको भित्री तहमा सुक्ष्म रक्तनलीहरु फैलन बन्द भई पाठेघरको भित्री तहमा बनेको बाक्लो र नरम तह कायम हुन नसकि फुटेर महिनावारीको रुपमा रक्तस्राव हुन्छ । यहि पक्रियाले गर्दा नै तल्लो पेट दुख्ने, ढाड दुख्ने आदि समस्याहरु आउने गर्दछ । त्यस्तैगरी त्यहि हर्मोनहरुको परिवर्तनको कारणले गर्दा कुनै कुनै महिलाहरुको स्तनस साह्रो वा कडा हुनु वा दुख्नु, कब्जियत हुनु, थकित महसुस हुनु, मांशपेशीहरु दुख्नु, अनुहारमा डन्डीफोर आउनु, खान मन नलाग्नु मानसिक तनाव आदि भएको हुनसक्छ । सबै महिलामा यी लक्षण हुन्छन नै भन्ने छैन । यदि भएमा पनि महिनैपपिच्छे यी लक्षणहरु फरक फरक हुन सक्छन् । यस्ता समस्याहरुलाई रोक्न यस्ता उपायहरु अपनाउनु जरुरी हुन्छ ।
क) तल्लो पेटमा हलुका तरिकाले मालिस गर्दा कडा मांसपेशी नरम हुन्छ । |
ख) तातो पानी रबरको थैली वा बोतलमा राखेर सेक्ने । |
ग) ऐंसेलुको पात वा अदुवाको धुलो राखी तातो चिया वा पानी पिउने । |
घ) यदि अत्याधिक रक्तस्राब भएमा स्वास्थ्यकर्मीकहाँ परामर्श लिने । |
ङ) त्यसबाहेक प्रत्येक महिनामा यस्ता फरक–फरक समस्या हुँदा के गर्दा ठिक हुन्छ या के गर्दा बेठिक हुन्छ भन्ने कुरा आफैँले पनि थाहा पाईराख्नु जरुरी हुन्छ । |
च) कसैलाई मानसिक चिन्ता तनाव आउने हुन्छ । त्यसैले यो एक प्राकृतिक अवस्था भएको र यसले कुनै ठुलो हानि गर्दैन भन्ने बुझरे यसप्रतिको चिन्ता हटाउन नियमित योग, प्राणयाम तथा ब्यायाम गर्नाले यस्ता मानसिम चिन्ता हट्न मद्दत पुग्दछ । |
छ) अत्याधिक रक्तस्राव बाहेकका अन्य लक्षणहरु सामान्य हुन् । |
यिनीहरुलाई सामान्य ब्यबस्थापन गरे मात्र पनि आफैँ कम हुनसक्छ । त्यसैले बढी चिन्ता गर्ने, डराउने गर्नुपर्दैन ।
Post a Comment