
आज नेविसङ्घका अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा गएको टोलीले समयमै स्ववियु निर्वाचन गर्नुपर्ने, बिएससी खाद्य प्रविधिलगायतका विषयमा भूकम्पपीडित, गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, सेमेस्टर प्रणालीलाई भौतिक पूर्वाधारसहितको व्यवस्था गर्नुपर्ने तथा स्नातकोत्तर तहको परीक्षा मधेसक्षेत्रमा संयमतापूर्वक गर्न पनि माग गरेको छ । यस्तै, बिनानिर्धारण विभिन्न क्याम्पसलाई दिइएको स्वीकृति बन्द गरी व्यवस्थित र वैज्ञानिक ढङ्गबाट दिनुपर्ने, मेडिकल, इन्जिनियरिङ्, बिबिएलगायतको पढाइमा बैंकबाट ऋण प्रवाह गर्नुपर्ने, भूकम्पबाट क्षतिग्रस्त भवन तत्काल पुनर्निर्माण गर्नुपर्ने, विद्यार्थी परिचयपत्रका आधारमा खाना पकाउने ग्यास र इन्धन उपलब्ध गराउनुपर्ने र विगतमा त्रिविसँग विद्यार्थी सङ्गठनले बुझाएका मागलाई पूरा गर्न पनि सङ्घले आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझेपछि प्रा डा खनियाँले त्रिभुवन विश्वविद्यालयले अनियमित रुपमा दिएको सम्बन्धनपत्र रोक्ने साथै विभिन्न विद्यार्थी सङ्गठनसँग छलफल गरेर स्ववियु निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको नेविसङ्घ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
खनियाँले आफू भर्खरै त्रिविको जिम्मेवारी सम्हालेकाले धेरै काम गर्न बाँकी रहेको भन्दै आफूलाई सघाउन विद्यार्थी सङ्गठनलाई आग्रहसमेत गर्नुभयो ।
Post a Comment