
तेल उत्पादन आइएसको मुख्य आर्थिक श्रोत मानिन्छ । अमेरिकाले पछिल्लो समय आइएसको कब्जामा रहेका तेल प्रशोधन केन्द्रलाई निशाना बनाउँदै आएको छ ।
गत सातामात्रै अमेरिकी हमलामा आईएसका ११६ वटा ट्यांकर नष्ट भएका थिए । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गत वर्षदेखि सिरिया र इराकमा आइएसविरुद्ध हवाई आक्रमण जारी राखेको छ । पेरिस आक्रमण पछि आइएस विरुद्धको आक्रमणलाई थप प्रभावकारी बनाइएको बीबीसीले जनाएको छ । (एजेन्सी)
Post a Comment