Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हात्तीपीडितलाई राहत वितरण

भद्रपुर, २० कात्तिक । झापा जिल्लामा यस वर्ष हात्तीबाट पीडित भएका ६६ जनालाई कुल रु नौ लाख ७० हजार १०० क्षतिपूर्ति वितरण गरिएको छ ।

जिल्ला वन कार्यालयबाट प्राप्त जानकारीअनुसार हात्तीबाट दुईजना घाइते, सातजनाको घरगोठमा क्षति, एकजनाको भण्डारण अन्न क्षति, १३ जनाको बालीनाली क्षति र ४३ जनाको घरगोठ तथा भण्डारण अन्न र बालीनालीसमेतको क्षतिको विवरणका आधारमा सो क्षतिपूर्ति वितरण गरिएको हो ।

जङ्गली हात्तीले झापाको पूर्वी उत्तरी केही गाविस र दक्षिणतर्फ जलथल जङ्गलको केही गाविसमा बर्सेनि मानव बस्तीमा प्रवेश गरी क्षति गर्दै आएको छ ।

वनको लगतको आधारमा हात्तीबाट क्षति भएका मानिसलाई क्षतिपूर्ति वितरण गरिरहेको भनिए पनि झापाको बुधबारे गाविस वडा नं ८ निवासी सीताराम बाँस्तोलाले हात्तीले क्षति गरेको चार÷पाँच महिना भइसक्दा पनि कुनै राहत नपाएको गुनासो गर्नुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget