Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तेलको अभावले आइतबारदेखि आन्तरिक उडान बन्द हुँदै

२० कात्तिक, काठमाडौं ।

TIA Domestic Airlines

हवाइ इन्धनको अभाव भएपछि आइतबारदेखि निजी विमान कम्पनीका आन्तरिक उडान बन्द हुने नेपाल आयल निगम हवाइ इन्धन डिपो प्रमुख प्रदीप यादवले बताएका छन् । आइतबारदेखि सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानमात्रै सुचारु हुनेछ ।

यादवका अनुसार अहिले डिपोमा १४० किलोलिटर मात्र हवाइ इन्धन मौज्दात छ । आयल निगमले शनिबार ५० प्रतिशत मात्रै इन्धन उपलब्ध गराउने, तर आइतबारदेखि तेल दिन नसक्ने जनाएकाले आइतबारदेखि आन्तरिक उडान बन्द हुने यादवले बताए ।

नेपाल एयरलाइन्सले सम्झौता अनुसार इन्धन नल्याइदिँदा आन्तरिक उडान पनि बन्द गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन संकट टार्न र आन्तरिक उडान नियमित गराउन भन्दै निगमले अन्तर्राष्ट्रिय उडानलाई यसअघि नै हवाइ इन्धन उपलब्ध गराउन छाडिसकेको छ ।
नेपाल एयरलाइन्सले कार्गो उडान गरी बोकेको इन्धनबाट चलेको आन्तरिक उडानलाई समेत आइतबारदेखि इन्धन उपलब्ध गराउन नसक्ने अवस्थामा निगम पुगेको छ ।

अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीहरुले विभिन्न ठाउँमा प्राविधिक अवतरण गरी इन्धन भरेर उडान गरिरहेका छन् । यसरी उडान भर्दा खर्च दोब्बर भएको भन्दै अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालकहरुले यथासक्य चाँडो इन्धनको जोहो गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

तर, यहाँ इन्धनको अभावले आन्तरिक उडान समेत बन्द हुने भएको छ । ‘आन्तरिक उडान सुचारु राख्न नेपाल एयरलाइन्ससँग दैनिक ४ वटा कार्गो उडान गरी इन्धन ल्याउने सम्झौता भएको थियो’ हवाइ इन्धन डिपो प्रमुख यादवले भने- ‘तर, उसले सम्झौता अनुसार तेल ल्याइदिएन ।’

दैनिक एउटा दुईवटामात्र कार्गो उडान गरी इन्धन ल्याउँदा प्रयाप्त हुन नसकेको यादवको भनाइ छ । नेपाल एयरलाइन्सले तीन वटासम्म भए पनि उडान गरी इन्धन ल्याइदिएमा आन्तरिक उडान सुचारु राख्न सकिन्छ’ उनले भने- ‘नेपाल एयरलाइन्सले त यति पनि गरिदिएन, जसले गर्दा अतिआवश्यक आन्तरिक उडान समेत बन्न गर्नुपर्ने अवस्था आयो ।’

नेपाल एयरलाइन्स भने निगमको यो आरोप मान्न तयार छैन । निगमसँग यति नै तेल ल्याइदिन्छौं भनेर सम्झौता नगरेको बताउँदै नेपाल एयरलाइन्सका प्रवक्ता रामहरि शर्मा भन्छन्- ‘दैनिक ४ वटासम्म कार्गो उडान गरी इन्धन ल्याउन सक्ने बताएका मात्र हौं ।’

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको व्यवस्थापन चुस्त नहुँदा सम्झौता अनुसार कार्गो उडान गरी इन्धन बोक्न नसकेको हवाइ इन्धन डिपो प्रमुख यादव बताउँछन् । ‘निगमको कहिले पाइलट बिदामा बसिदिन्छन, कहिले एयर क्रुहरु ढिला आइदिन्छन, जसले गर्दा उडान नै हुँदैनन्’ उनले भने- ‘संकटको बेलामा नेपाल एयरलाइन्सको काम चुस्त हुन सकेन्, सरकारी पारा देखाइरहृयो ।’

आयल निगमले नेपाल एयरलाइन्सले प्रयाप्त हवाई इन्धन ल्याउन नसकेको आरोप लगाउँदै आयल निगमले पेट्रोलिम्याक्सलाई इन्धन आपूर्तिको जिम्मा दिएपछि नेपाल एयरलाइन्स असन्तुष्ट बनेको छ ।

दसैंजस्तो महान पर्वमा इन्धन बोकेर आन्तरिक उडान सुचारु राख्न सहयोग पुर्‍याउने नेपाल एयरलाइन्सलाई धन्यवाद दिनुको साटो आरोप लगाइएको भन्दै प्रवक्ता शर्माले बिहीबार अनलाइनखबरसँगको कुराकानीमा असन्तुष्टि व्यक्त गरेका थिए ।

नेपाल एयरलाइन्सले बुधबार एउटा पनि कार्गो उडान गरेन । बिहीबार दुईवटामात्र कार्गो उडान गरेर इन्धन ल्यायो । शुक्रबार यो समाचार तयार पार्दासम्म उडान नगरेको यादवले बताए ।

काठमाडौंबाट उडेको तीन घण्टामा कोलकाताबाट इन्धन बोकेर काठमाडौं आइसकिन्छ । तर, संकटका बेलामा इन्धन बोक्ने भन्दै अगि्रम रकम बुझाउँदा समेत निगमले सम्झौता अनुसार काम नगरिदिएको यादवको गुनासो छ ।

‘आन्तरिक उडानलाई दैनिक ५५ हजार लिटर हवाइ इन्धन आवश्यक हुन्छ, निगमले जम्मा १/२ उडान गरिदिन्छ यादवले भने- ‘अब निगमले ३ देखि ४ वटा उडान नियमित गरेर इन्धन ल्याइदियो भने आन्तरिक उडान सुचारु हुन्छ, नत्रभने पूर्ण रुपमा ठप्प हुन्छ ।’

निगमले एउटा कार्गो उडानमा जम्मा २२ हजार लिटरमात्र हवाइ इन्धन बोक्न सक्छ । यहाँ ५५ हजार लिटर दैनिक खपत हुने गरेको छ । निकै कममात्र इन्धन आपूर्ति हुँदा डिपो रित्तिँदै गएको यादवले बताए ।

अहिले आन्तरिक र बाहृय उडानलाई गरी दैनिक साढे ४ लाख लिटर हवाइ इन्धन खपत हुन्छ । इन्धन आपूर्ति गर्ने स्वीकृति पाएको पेट्रोलिम्याक्सले दैनिक ४ लाख लिटर तेल ल्याउने प्रतिवद्धता जनाएको छ ।

‘पेट्रोलिम्याक्सले ४ लाख लिटर र निगमले ५० हजार लिटर इन्धन बोक्ने हो भने दुबै उडान सञ्चालन गर्न हामीलाई समस्या हुने थिएन’ उनले भने ।

- See more at: http://www.onlinekhabar.com/2015/11/347233/#sthash.oEVpi11Q.dpuf
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget